कौरव खत्री, गुल्मी २०७५ बैशाख ८ । गुल्मी जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण पराजुलीले आर्दश बोर्डिङ्ग स्कुलको शैक्षिक उन्नति र प्रगति देखेर आफू निकै गौरवान्वित भएको चर्चा गर्दै विद्यालयको बारेमा सुनेको कुरा भन्दा पनि आफू विद्यालयमा प्रत्यक्ष सहभागि र अवलोकन गर्न पाउदा आर्दश वास्तव मै आर्दश रहेको बताए ।
गत बिहिवार आर्दश विद्या आश्रम ईङ्गलिस बोडिङ्ग स्कुल रेसुङ्गा नगरपालिका १ तम्घास गुल्मीको आफ्नो १७ औ बाषिकोत्सव तथा परीक्षाफल प्रकाशन एवं अभिभावक दिवसका अवसरमा उनले यस्तो बताएका हुन ।
प्रमुख अतिथि पराजुलीले विद्यालयले प्रगति हुनुमा विद्यालयका शिक्षक स्टाफ र सञ्चालकहरुको टिम स्पिट र विद्यालयको मर्म र भावना बुझेको हुनाले बोर्डिङ्ग स्कुलले छोटो समयमा नै शैक्षिक क्षेत्रमा राम्रो प्रगति गरेको बताए ।
उनले विद्यालयले विभिन्न तवरबाट स्कुलमा आउन नसक्ने विपन्न,असहाय,गरिव बालवालिकाहरुलाई विद्यालयमा ल्याएर भर्ना गराउन आग्रह गरे ।
सोही अवसरमा शिक्षा विकास समन्वय इकाईका प्रमुख टिकाराम शर्मा अहिले सामुदायिक र संस्थागत विद्यालय बीच बाहिर धेरै कुरा सुन्ने गरेता पनि सामुदायिक विद्यालयलाई अहिले राम्रो हुन सिकाउने र बाध्य पार्ने भनेकै संस्थागत विद्यालय भएकोले संस्थागत विद्यालयकै कारण र प्रतिस्पर्धाले सामुदायिकको शैक्षिक सुधार हुदै गएको स्पष्ट पारे ।
साथै उनले अब शिक्षक तथा विद्यालयहरुले प्रतिस्पर्धामा बाच्नु पर्ने भन्दै आर्दश स्कुलले अधिकाशं ठाँउ आगटेको बताए ।
नेपाली काँग्रेसका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ लगायतका वक्क्ताहरुले विद्यालयले छोटो समयमा नै शैक्षिक क्षेत्रमा उन्नति र प्रगति गरेकोले अझ समय सान्र्दभिक शिक्षा जोड दिएर स्कुल अगाडी बढ्नु पर्ने धारणा राखेका थिए ।
आफ्नो १७ औ बाषिकोत्सव तथा परीक्षाफल प्रकाशन एवं अभिभावक दिवसका अवसरमा विभिन्न विधा तथा कक्षामा उत्कृष्ट हुने विद्याहरुलाई मेडल तथा सम्मान पत्रले सम्मान गरिएको थियो । यस अवसरमा विद्यार्थीहरुद्धारा निर्माण गरिएका विभिन्न शैक्षिक सामग्री प्रर्दशनी गनुका साथै कार्यक्रमका वीच वीचमा विद्यार्थीहरुद्धारा साँस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए ।
२०५७ सालमा स्थापना भएको बोडिङ्ग स्कुलमा हाल ५ सय,३७ जना विद्यार्थीहरुले अध्ययन गदै आइरहेका छन् । बोडिङ्ग स्कुलले आफ्नो छोटो समयमा नै शैक्षिक क्षेत्रमा चर्चा कमाउन सफल रहेको छ । शैक्षिक सत्र २०७४ साल कक्षा ८ को जिल्ला स्तरीय परीक्षाबाट संस्थागत प्याप्सन विद्यालयहरुमध्येबाट जिल्लामा प्रथम र द्धितीय नतिजा ल्याएको बोडिङ्ग स्कुलका प्रवन्ध निर्देशक राजु कुंवरले जानकारी दिए ।