Sorry, that menu does not exist.
 

तंग्राममा सहकारी शिक्षा तालिमको सुरुवात !

सुमन जि.सी, बागलुङ २०७५ बैशाख ८ । सहकारी शिक्षा कार्यक्रम उपभोक्ता समिति काठेखोला गाउँपालीका वडा नं. ४ को आयोजना र काठेखोला गाउँपालीका वडा नं. ४ को सहयोगमा शनिवारदेखि तंग्राममा २ दिने सहकारी शिक्षा तालिमको सुरुवात भएको छ ।

त्याहाँ स्थित सहकारी संस्थाहरुको क्षमता अभिबृद्धि गर्ने अभिप्रायले आयोजना गरिएको तालिम कार्यक्रमको उद्घान नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै पौडेलले नेपालमा धैरै सहकारी संस्थाले प्रदान गर्ने सेवाहरु सदस्यमैत्री नभएकाले सहकारी संस्थाहरुले प्रदान गर्ने सेवा सदस्यमैत्री हुनुपर्ने बताएका थिए । पौडेलले नेपालमा सहकारी संस्थाहरु संख्यात्मक रुपमा अत्याधिक भएकाले एकीकरण अहिलेको आवश्यकता भएको बताउदै सहकारी मार्फतनै देशको आर्थिक समृद्धि सम्भव रहेको धारण राखेका थिए ।

कार्यक्रममा काठेखोला गाउँपालिका वडा नं. १ का अध्यक्ष एवम् जनसेवा साकोसका अध्यक्ष खड्क थापा, साना किसान कृषि सहकारी संस्था लि. का उपाध्यक्ष पहलमान थापा, वडा सदस्य किाराम पुन लगाएतले मन्तव्य राखेका थिए ।

२ दिन सम्म सञ्चालन हुने तालिममा सहकारीको परिभाषा, अर्थ, सिदान्त, मुल्य मान्यता, शेयर, बचत ऋण, समिति उपसमितिको काम कर्तव्य र अधिकार, सहकारीको विकासक्रम, सहकारीमा कोष व्यवस्था लगाएतका विषयमा नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले र सहकारीका नीति नियमहरुको बारेमा जिल्ला सहकारी संघ लि. बागलुङका सचिव तेजेन्द्र थापाले सहजिकरण गर्ने संस्थाले जनाएको छ ।

तंग्राम स्थित ७ वटा सहकारी संस्थाका ६० जनाको उपस्थिती रहेको कार्यक्रमको अध्यक्षता समितिका संयोजक प्रमिला पुनले गरेकी थिईन भने कार्यक्रमको स्वागत सदस्य मञ्जु पुन र सञ्चालन सदस्य विष्णु आलेले गरेकी थिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply