Sorry, that menu does not exist.
 

विद्यालयहरुको आर्थिक हिसाव पारदर्शी ढंगबाट व्याबस्थित गराउन दुईदिने लेखा तालीम

प्रकाश छन्त्याल, बरेङ २०७५ बैशाख ८ । बरेङ गाउपालिकाले गाँउपालिका अन्तर्गतका विद्यालयहरुको आर्थिक हिसाव पारदर्शी ढंगबाट व्याबस्थित गराउने उद्देश्यका साथ शुक्रबार देखी भृकुटी माध्यमिक विधालयमा शुरु भएकोे २ दिने लेखा तालिम शनिबार सम्पन्न भएको छ ।

तालिममा प्रमुख अथिती बरेङ गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद पौडेलले समग्र पालिकाको विकासको मुख्य मेरुडण्ड शिक्षा भएकोले शिक्षाको विकास विना अरु विकास गर्न नसकिने हुदा शिक्षकहरु इमान्दार भएर जिम्मेवारी पुरा गर्नु पर्ने बताए ।

त्यस्तै कार्यक्रममा बरेङ गाउपालिकाका कार्यकारी अधिकृत बैकुण्ठ पौडेलले गाउपालिकाको विकास निमार्णको योजना तर्जुमा गर्नुपुर्व शिक्षकहरुसंग अन्तरक्रिया गर्नुपर्ने बताए ।

स्रोत व्यक्ती यज्ञप्रसाद न्यौपानेले तालिममा सिकेका कुराहरु विद्यालयमा गई व्यवाहारीक कार्यन्वय गर्न अनुरोध गरेका थिए ।

तालिममा बरेङ गाँउपालिका अन्र्तगतका सबै विधालयका प्रधानाध्यापकहरु र विधालयको आर्थिक कारोबार गर्ने शिक्षक कर्र्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रमुख प्रशिक्षक बरेङ गाउपालिकाका लेखापाल पदम थापाले सहजीकरण गरेका थिए ।

कार्यक्रम भृकुटी माध्यमिक विधालयका प्रधानध्यापक रुपनारायण शर्माको अध्यक्षता र बरेङ गाउपालिका एवम् पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनाकी संयोजक सृजना गौतमले सन्चालन गरेकी थिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply