Sorry, that menu does not exist.
 

गल्कोटको मौरीभीर समेत सात जंगलमा भीषण आगलागी, एक हजार क्षेत्रफल जंगल नष्ट, करोडौंको क्षती !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ बैशाख ९ । गल्कोट नगरपालिका वडा नम्बर ९ मा आगालागीका कारण १ हजार हेक्टर क्षेत्रफल जगल जलेर नष्ट भएको छ । शनिबार करिब २/३ बजेदेखि सुरु भएको आगालागिका कारण मौरीभीर सामुदायिक बन र राष्ट्रिय बन गरि १ हजार क्षेत्रफल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख मन बहादुर बिकले बताए ।

आगोले मौरीभीर सामुदायिक बन, सानोझिर्का बन क्षेत्र, काप्राधारा बन क्षेत्र, अगुल्टे बन क्षेत्र, रातपहरा बन क्षेत्र, लिस्नो लाउनी बन क्षेत्र, माटडारा बन क्षेत्र जलेर नष्ट भएको बिकले बताए ।

बिकले दिएको जानकारी अनुसार आगालागीको उच्च जोखिममा रहेको बाङ्गेसल्लाको बस्ती भने प्रहरी प्रशासन, स्थानिय, वडा प्रतिनिधि लगायतको सयुक्त टोलीले सुरक्षित पारेको छ । गल्कोट नगरपालिका ९ को बाङ्गेसल्लाका करिब २२, २३ घरधुरी आगालागीको उच्च जोखिममा रहेका थिए । करिब ५० जनाको टोलीले केहि मात्रामा आगो नियन्त्रण गरे पनि पुर्ण रुपमा आगो नियन्त्रणमा ल्याउन नसकिएको बिकले जानकारी दिए । भिरालो र सल्लाका रुखहरु बढी भएका कारण आगो मल्मको छिसतिर गएको छ । मानवीय क्षेति नभए पनि सम्पुर्ण बन क्षेत्र जल्दा करोडौको क्षति भएको स्थानिय लिलाम्बर गौतमले ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply