गुमान सिँह भण्डारी गल्कोट २०७५ बैशाख ९ । गल्कोट सुचना तथा सञ्चार सहकारी सस्था लिमिटेडको बिशेष साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सस्थाव्दारा सञ्चालित बचत तथा ऋण कार्यक्रमलाई ब्यवस्थापन गर्नका लागी बिभिन्न कार्ययोजना बनाएको छ । संस्थाका सचिव वीर बहादुर चोखालले दिएको जानकारी अनुसार गल्कोट सुचना तथा सञ्चार सहकारी संस्थाले सेयर सदस्यहरुलाई सेयर पुजी फिर्ता नगर्ने, आठौ साधारण सभाको निर्णय बमोजिम सञ्चालक सदस्य, लेखा समितिका सदस्य र सल्लाकार सदस्यहरुलाई बैशाख १६ गतेसम्म अनिवार्य १, १ लाख जम्मा गराउने र रकम जम्मा नगरे समितिको पदबाट अनिवार्य निष्कासन गर्ने बताए ।
सभामा सस्थाको ऋण र बचतको कार्यक्रमलाई गल्कोट बहुउदेश्यीय सहकारी संस्था गल्कोट नगरपालिका ३ सँग आपसी सहकार्यमा कार्यक्रम ब्यवस्थापन गर्ने, संस्थाव्दारा ऋण लगि नतिर्ने खराब ऋणीहरुको नाम जमानीको नाम सहित ३ पुस्ते विवरण सहित गल्कोट पत्र सात्ताहिकमा प्रकाशन गर्ने, सस्थाको निर्णय कार्यान्वयनका लागी सञ्चालक समितिलाई पुरक निर्णय गर्ने, सम्पुर्ण सेयर सदस्यहरुलाई बैशाख मसान्त सम्म शेयर प्रमाणपत्रमा शेयर रकम उल्लेख गरि हस्तान्तरण गर्ने निर्णय भएको सस्थाका अध्यक्ष गुमानसिह बुढाथोकीले बताए ।
सभामा सस्थाव्दारा सञ्चालित गल्कोट एफ एम र गल्कोट पत्र सात्तिाहिकलाई ब्यवस्थापन गर्नका लागी सञ्चालक समितिले आवश्यक कार्य योजना बनाई रेडियो सदस्य बिशेष कार्यक्रम सञ्चालन गर्ने, उपयुक्त समयमा बिशेष उत्सव गरि रेडियोलाई दिगो ब्यवस्थापन गर्ने, रेडियो पत्रिकाको जिन्सी पुजिको मुल्याङकन गरि सेयर सदस्यहरुसँग सार्वजनिक गर्ने निर्णय भएको उपाध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए ।
कार्यक्रम गलकोट सु्चना तथा सञ्चार सहकारी सस्था लिमिटेडका अध्यक्ष बुढाथोकीको अध्यक्षता, उपाध्यक्ष श्रेष्ठको स्वागत मन्तब्य र सचिव चोखालको सञ्चालनमा सम्पन्न भएको थियो ।