Sorry, that menu does not exist.
 

प्रचण्ड र ओली जस्ता नक्कली कम्युनिष्टले जनताको बलिदानलाई सत्ता स्वार्थमा बिलीन गराए : बिप्लव

कोपिला कंडेल, बागलुङ २०७५ बैशाख ९ । नेत्र बिक्रम चन्द् बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एबं धौलागिरी ब्युरो ईन्चार्ज बिप्लवले नेपालका नक्कली कम्युनिष्टले फुटाउ र शासन गरको निति लिएको आरोप लगाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी दलित बिभागले आज बागलुङमा आयोजना गरेको दलित समुदायको मुक्तिको प्रश्न बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बर्तमान संसदीय ब्यवस्थालाई खारेज गर्नका लागि जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने दाबी गरे ।

सम्पुर्ण उत्पीडित बर्ग र समुदायको हितको लागि आफुहरुले १० बर्षे कठोर जनयुद्ध १९ दिने आन्दोलन गरेको भन्दै धौलागिरी ईन्चार्ज बिप्लवले शान्ति प्रक्रियामा आएपछि प्रचण्ड र केपी ओली लगायतका नक्कली कम्युनिष्टले जनताको बलिदानलाई सत्ता स्वार्थमा बिलीन गराएको आरोप लगाए ।

दलित समुदायका समस्या राज्यब्यवस्था संग सम्बन्धित छन, उनले भने जातिय र बर्गिय समस्यालाई कम्युनिष्ट पार्टीले मात्र हल गर्न सक्छ । मुलुक शान्तिप्रक्रियामा फर्केपछि जनतामाथि घात प्रतिघात भएको उनको आरोप थियो । हामी उत्पीडित बर्ग र समुदायको हितको लागि निरन्तर सघर्ष गर्नेछौ, बिप्लवले भने बर्तमान सरकारले बर्गिय मुक्ति दिन सक्दैन । पिछडिएको समुदायको सामान्य सुधार नभै आमुल परिवर्तन गर्ने उनको दाबी थियो ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध केन्द्रिय दलित बिभागका प्रमुख क. सन्तोषीले परिवर्तित सन्दर्भमा दलितको मुक्तिको प्रश्न बिषयक अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

सो कार्यपत्र माथि एकिकृत राप्रपा राष्ट्रबादी बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, संघिय समाजबादी फोरमका भक्त बहादुर बिक, नागरिक समाजका संयोजक काजिगाउले श्रेष्ठ, नेपाल पत्रकार महासघं बागलुङका शाखाका सल्लाहकार कोपिला कंडेल र मजदुर नेता कृष्ण बिक लगायतले टिप्पणी सहित मन्तब्य ब्यक्त गरेका थिए ।

सो अवसरमा बोल्ने सहभागिले जातिय समस्यालाई बर्गिय रुपमा समाधान गर्नुपर्ने बताएका थिए । सो अवसरमा सहभागि प्रबिण साप्कोटा बिष्णु साप्कोटा र राम बहादुर बस्याल लगायतले धारणा ब्यक्त गरेका थिए । कार्यक्रम दलित बिभागका प्रमुख सन्तोषीको अध्यक्षता,महेन्द्रको स्वागत मन्तब्य र सशिलाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply