Sorry, that menu does not exist.
 

टेलिकमद्वारा ढोरपाटनमा माईक्रो वेभ रेडियो लिङ्क मार्फत टुजी र थ्रिजी सेवा विस्तार !

थम्मन थापा, बागलुङ २०७५ वैशाख १० । नेपाल टेलिकमले बागलुङले पर्यटकीय स्थल ढोरपाटनमा माईक्रो वेभ रेडियो लिङ्क मार्फत टुजी र थ्रिजी सेवा विस्तार गरेको छ । टेलिकमले साबिक बोवाङ गाविस ९ हाल ढोरपाटन नगरपालिका ९ नेपाने डाडामा टावर राखी सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए । पर्यटकीय स्थल ढोरपाटन उपत्यकामा सेवा सञ्चालनको लागि ढोरपाटन नगरपालिका ८ को विकट ठाउ बोबाङमा रिपिटर स्टेशन राखि माईक्रोवेभ लिङ्कमार्फत सेवा सञ्चालनमा आएको टेलिकमले जनाएको छ ।

डाँडामा विद्युत सेवा पुराउन कठिन भएकोले सोलार सेट मार्फत टावर सञ्चालन गरिएको छ । टुजी र थ्रिजी सेवा एकसाथ सञ्चालनमा आएपछि ढोरपाटन उपत्यका सॅगै बोबाङका झण्डै ५०० घरधुरी र त्यहाँ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरु प्रत्यक्ष लाभान्वित भएका छन ।

टावर सञ्चालन भएपछि अहिले कपिलवस्तु सालझण्डी(ढोरपाटन हाईवे अन्तरगत बोबाङ देखि ढोरपाटन उपत्यका सॅगै ढोरपाटन शिकार आरक्ष सम्मको भुभागमा टेलिकमको मोवाईल सेवा पुगेको छ । नयाँ प्रविधिमा स्तरोन्नति गर्दै अन्य स्थानमा समेत विटिएस थप गर्दै लगिएको शर्माले बताए ।

भौगोलिक विकटता र चुनौतिका बाबजुत ग्रामिण क्षेत्रका जनतालाई सञ्चारको पहुॅचमा जोड्न र त्यहॉ पुग्ने पर्यटकहरुलाई सहजता प्रदान गर्न टेलिकमले उपल्लो ढोरपाटन उपत्यकामा जिएसएम मोवाईल सेवा विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाएको टेलिकम प्रमुख शर्माले बताए ।

जिल्लाको महत्वपुर्ण स्थान पर्यटकीय स्थल ढोरपाटन आउने पर्यटकसॅगै त्यस क्षेत्रका करिब ५ सय घरधुरी लाभान्वित भएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताईन । मोवाईल सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरिय सेवा भ्वाईस तथा डाटा मार्फत ईन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ ।

उक्त टावर निर्माणको गर्न पहलकदमी र त्यसको लागि भौतिक व्यवस्थापनमा ढोरपाटन नगरपालिकाले सहयोगमा गरेको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले बताए । ढोरपाटन क्षेत्र पर्यटकीय र शिकार आरक्षणको हिसाबले अत्यन्तै महत्वपुर्ण ठाउ हो, त्यहाँ पुग्ने पर्यटक र उपत्यकाबासीले यस क्षेत्रको प्रचार प्रसार र सुचना आदान प्रदानको निमित्त टावर विस्तार पछि सहज भएको नेपालीको भनााई ५ । अहिले थ्रिजी विस्तार भएपछि ढोरपाटनबासीमा खुसी छाएको नगर प्रमुख नेपालीले बताए । बागलुङको गलकोट नगरपालिका रिश्मी, वडा नं १० रमुवा, ताराखोला गाउपालिकाको अमरभुमि, बरेङको धुल्लुबास्कोट, पर्वतको शंकरपोखरी लगायतका स्थानमा समेत नयॉ टावर सञ्चालन गर्न आवश्यक तयारी गरिरहेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply