Sorry, that menu does not exist.
 

मलेसियामा सम्पन्न अन्तराष्ट्रिय तेक्वान्दोमा बागलुङलाई चार स्वर्ण र एक रजत पदक प्राप्त !

सुमन सुनार बुर्तिवाङ २०७५ बैशाख १० । यहि अप्रील २२ तारिखमा मलेसियामा भएको अन्तराष्ट्रिय खुल्ला सि.एच.टि.आई तेक्वान्दो च्याम्पियनसीप–२०१८ मा नेपालबाट सहभागी बनेका पश्चिम बागलुङका ५ खेलाडी मध्य ४ जनाले गोल्ड मेडल र १ ले सिल्भर मेडल हात पार्न सफल भएका छन् ।

अन्तराष्ट्रिय सि.एच.टि.आई तेक्वान्दो महासंघको आयोजनामा मलेसियाको पेनाङमा भएको च्याम्पियनसीपमा नेपालका तर्फबाट पश्चिम बागलुङका ५ जना खेलाडीले सहभागीता जनाएका थिए । १५ देशका खेलाडीहरुको सहभागीता रहेको उक्त प्रतियोगितामा चार जनाले गोल्ड मेडाल र १ जनाले सिल्भर मेडल हात पार्न सफल भएको सि.एच.टि.आई तेक्वान्दो संघ नेपालका अध्यक्ष जनकराज गौतमले जानकारी दिए ।

गौतमका अनुसार पश्चिम बागलुङका ५१–५५ केजी तौल समुहमा प्रतिस्पर्धा गरेका ढोरपाटन नगरपालिका–५ नाथुरीका १८ बर्षिय लेखनाथ खरेल, ४६–५० केजी तौल समुहमा प्रतिस्पर्धा गरेका ढोरपाटन नगरपालिका बोबाङका १७ बर्षिय बिकाश विश्वकर्माले गोल्ड मेडल हात पार्न सफल भएका छन् । यस्तै ६१–६५ केजी तौल समुहमा प्रतिस्पर्धा गरेका निसीखोला गाँउपालिका बोहोरागाँउका १९ बर्षिय सुरेन्द्र शाही र निसीखोला गाँउपालिका राजकुतका १६ बर्षीय विकाश श्रेष्ठले पनि गोल्ड मेडल हात पार्न सफल भएको अध्यक्ष गौतमले बताए । खेलाडीको अफिसियल कोचका साथै आफु पनि फ्रि स्पायरिङमा प्रतिस्पर्धाका लागी मलेसिया पुगेका अध्यक्ष गौतमले भने सिल्भर मेडल हात पार्न सफल भएका छन् ।

गोल्ड मेडल हात पार्न सफल विकाश विश्वकर्मा र विकाश श्रेष्ठ ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा रहेको गोल्डेन फ्युचर सि.एच.टि.आई तेक्वान्दो एकेडेमीमा प्रशिक्षण लिईरहेको छन् भने सुरेन्द्र शाही र लेखनाथ खरेलले काठमाण्डौको पशुपतिमा रहेको गौतम सि.एच.टि.आई तेक्वान्दो एकेडेमीमा प्रशिक्षण लिईरहेको गोल्डेन फ्युचर सि.एच.टि.आई तेक्वान्दो एकेडेमी बुर्तिबाङका प्रशिक्षक सरोज गौतमले जानकारी दिए ।

यस्तै सिल्भर मेडल हात पार्न सफल सि.एच.टि.आई तेक्वान्दो संघ नेपालका अध्यक्ष गौतम काठमाण्डौको पशुपतिमा रहेको गौतम सि.एच.टि.आई तेक्वान्दो एकेडेमीका प्रशिक्षक समेत हुन् ।

प्रतिस्पर्धाका लागी अप्रिल २० तारिखमा नेपालबाट मलेसिया प्रस्थान गरेका अध्यक्ष सहित ४ खेलाडीको टोली अप्रिल २५ तारिखमा नेपाल फर्कने कार्यक्रम रहेको गौतमले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply