Sorry, that menu does not exist.
 

पर्वतमा बैशाख १५ देखि १७ गते, प्रदेश नम्वर–४ स्तरिय व्याडमिन्टन प्रतियोगिता हुने

निर्मल पौडेल पर्वत २०७५ बैशाख ११ । पर्वतमा यहि वैशाख १५ देखि १७ गते सम्म प्रदेश नम्वर–४ स्तरिय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पर्वत ब्याडमिन्टन संघले नयाँ बर्ष तथा संघको नवनिर्मित कभर्ड हल उद्घाटनको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरेको हो ।

बैशाख १५, १६ र १७ सम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश नम्वर ४ सहित मकवानपुर, चितवन, नवलपरासी, रुपन्देही र पाल्पा लगायतका जिल्लाका खेलाडीहरु प्रतियोगितामा समावेस गरिने छन् ।

पर्वत ब्याडमिन्टन संघका अध्यक्ष प्रेम गुरुङ‘माईला’ का अनुसार प्रतियोगितामा मेन्स सिंगल तथा डबल्स खुल्ला व्याडमिन्टन तथा राष्ट्रिय खुल्ला भेट्रान्स प्रतियोगितामा संघ र क्लववाट १ सय भन्दा बढि खेलाडीहरुको सहभागिता रहने छ ।

प्रतियोगिता सम्पन्न गर्न रु ८ लाख खर्च हुने अध्यक्ष गुरुङले बताए। यसका लागि ७ लाख ५० हजार रकम संकलन भईसकेको र अन्य रकमका लागि गृहकार्य भईरहेको उनको भनाई छ ।

संघले प्रतियोगितास्थल कभर्डहलमा पूर्वाधार मर्मत र अन्य तयारी गरिरहेको नेपाल पर्वत ब्याडमिन्टन संघका सचिव अर्जुनप्रसाद चपागाईले जानकारी दिए । प्रतियोगितामा मेन्स सिंगल तथा डबल, ४५ बर्ष माथिको राष्ट्रिय स्तरको भेट्रान्स , पर्वतस्तरीय जुनियर प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगितामा खुल्ला डबल्स तर्फ प्रथम हुनेले ४५ हजार, व्दितियले ३० हजार तथा तृतियले १५ हजार नगद र ट्रफी प्राप्त गर्नेछन भने पुरुष सिंगल तर्फ प्रथम हुनेले १० हजार, व्दितिय हुनेले ६ हजार र तृतियले ३ हजार नगद र ट्रफी पाउनेछन ।

यस्तै भेट्रान्स प्रतियोगितामा प्रथम हुनेले ४० हजार , व्दितियले २५ हजार र तृतियले १५ हजार नगद र ट्रफी प्राप्त गर्नेछन ।

पर्वतका खेलाडीले मात्र भाग लिने जुनियर डबल्स तर्फ प्रथम हुनेले २०, व्दितियले १२ हजार र तृतियले ६ हजार नगद प्राप्त गर्नेछन ।

आयोजकका अनुसार प्रतियोगिता उद्घाटनका क्रममा ४० बर्ष माथिको हाफ म्याराथन समेत आयोजना गरिएको छ । पर्वत ब्याडमिन्टन संघ पर्वतका अध्यक्ष प्रेम गुरुङ‘माईला’ले पर्वतमा व्याडमिन्टन क्षेत्रमा राम्रा राम्रा खेलाडी उत्पादन गरेको बताउँदै प्रतियोगिताबाट ब्याडमिन्टन खेलको विकास हुनेमा आशा व्यक्त गरे । प्रदेश नम्वर मा ४ हुने प्रतियोगिताले यस क्षेत्रको आर्थिक, सामजिक र पर्यटकिय क्षेत्रको विकास हुने पनि बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply