Sorry, that menu does not exist.
 

बागलुङ जिल्ला प्रशासनमा लामो समय सम्म प्रमुख जिल्ला अधिकारी नहुँदा सेवाग्राही मर्कामा !

बागलुङ २०७५ बैशाख ११ । जिल्ला प्रशासन कार्यालय बागलुङमा लामो समय सम्म प्रमुख जिल्ला अधिकारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । साबिक प्रमुख जिल्ला अधिकारी उमेरको हदका कारण अवकाश पाएर बागलुङ जिल्लाबाट प्रस्थान गरिसकेको झण्डै एक महिना बितिसक्दा पनि गृह मन्त्रालयले नयाँ प्रमुख जिल्ला अधिकारी नखटाएको कारण यो समस्या आएको हो ।

साबिकका प्रजिअ विष्णु बहादुर थापा उमेरको हदले २०७४ साल चैत १८ गते जिल्ला प्रशासन कार्यालयबाट बिदाई भएर गैसकेको अवस्थामा प्रजिअबाट कार्यसम्पादन गरिनुपर्ने कामहरु प्रभावित बनेपछी सेवाग्राही समस्यामा परेका छन् । केहि दिन पछी बागलुङ सदरमुकाममा सुरु हुने भारतीय पेन्सन क्याम्पमा भारतीय सेनाका पेन्सनरहरुलाई जिल्ला प्रशासन कार्यालयबाट विभिन्न कागजाज बनाउदा प्रमुख जिल्ला अधिकारीकै दस्तखत नभै नहुने भएकाले पेन्सनरहरु बढी मर्कामा परेका हुन् ।

सेवाग्राहीलाई परेको मर्कालाई लिएर जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयसंग सम्पक गर्दा, भारतीय पेन्सन क्याम्प सुरु हुन केहि दिन बाँकी छ, त्यस बेला सम्म प्रमुख जिल्ला अधिकारी अधिकारी आईपुग्ने बताए ।

प्रमुख जिल्ला अधिकारीबाटै छिनोफानो गर्नुपर्ने मुद्दाहरु र पहिले नै आवश्यक कागजहरु बनाउन पाए बेश हुने थियो भन्ने सेवाग्राही (पेन्सनर)लाई यहाँले के भन्नु हुन्छ ? भन्ने प्रश्नमा निमित्त प्रजिअ पाण्डेयको भनाई थियो, त्यो त हो, तर पेन्सन क्याम्प सुरु हुनु अगावै प्रजिअ आईपुग्नु हुन्छ । मुद्दाहरुको पनि त्यति चाप नभएकोले खासै समस्या देखिएको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply