Sorry, that menu does not exist.
 

चलचित्र ऐश्वर्यकोप्रदर्शन दुबई र अबुधाबीमा पनि

डिल्ली हुमागाई, युएई २०७५ बैशाख ११ (२४,अप्रील २०१८) नेपाली सिने जगतमा पछिल्लो पटक बहुचर्चित चलचित्र ऐश्वर्य युएईमा च्यारीटिको लागि प्रदर्शन हुने भएको छ । आगामी जुन १५ दुबई र १६ तारिख अबुधाबिमा प्रदर्शन हुन लागेको अवसरमा नायक रमेश उप्रेती, नायिका केकी अधिकारी, कलाकार निर्मल शर्मा र सन्दीप क्षेत्री साथमा आउने भएका छन् । एनआरएन युएईको संयोजन एवम डिस्कवरी रोयल स्पोर्ट्स एलएलसी युएईको आयोजनामा नेपालका विभिन्न ८ जिल्लाहरुमा पुनस् एक दिवसीय आकस्मिक प्राथमिक उपचार तालिमको सहयोगार्थ उक्त चलचित्र प्रदर्शन हुन लागेको डिस्कवरी रोयल स्पोर्ट्स एलएलसीका प्रबन्ध निर्देशक ओम उप्रेतीले बताए। गत चैतको पहिलो साता नेपालका सात जिल्लामा सफलतापुर्वक तालिम आयोजना गरेका यस कार्यक्रमका परिकल्पनाकार तथा मुख्य प्रशिक्षक ओम उप्रेतीले मानव जिवनरक्षाका एकदमै उपयोगी तालिम भएका कारण समाजसेवा कार्यक्रम अन्तर्गत यो कार्यक्रमलाई निरन्तरता दिन लागेको अप्रिल २० तारिकमा दुबईमा आयोजित पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको थियो। उक्त अबसरमा युएईमा सक्रिय सम्बन्धित सबै जिल्ला संस्थाका प्रमुख लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उपस्थित सबै प्रमुख तथा प्रतिनिधिहरुले आआफ्नो जिल्लामा परेको उक्त कार्यक्रमलाई भब्यताका साथ सम्म्पन गर्न आबस्यक भुमिका सहित सक्रियता पुर्वक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

साथै युएईमा हुने ऐश्वर्याको च्यारिटीमा समेत सम्पुर्ण सघ सस्थालाई सहकार्य गर्न अनुरोध गरिएको छ ताकी कार्यक्रम भब्यरुपमा गर्न सकियोस उक्त कार्यक्रमको कुल मुनाफाको ५५ गैरआवसिय नेपाली सघ युएईको आकस्मिक कोषमा जम्मा गरिने छ भने बाकी रकम तालिम संचालनमा खर्च गरिने आयोजक ले जनाएको छ। दोस्रो चरणको निशुल्क प्राथमिक उपचार तालिम कार्यक्रमको लागि केही आर्थिक सहयोग जुटाउने उदेश्यले डिस्कोभरी रोयल स्पोर्ट्स एलएलसिको आयोजना तथा एनआरएन युएईको सहजीकरणमा युएईमा आउँदै गरेको स्थानीय पर्व इदको समय पारेर जुन १५ र १६ मा नेपाली चलचित्र ूऐश्वर्यू प्रदर्शन गरिने भएको छ । दुबईमा जुन १५ र अबुधाबीमा जुन १६ मा सोही फिल्मका कलाकारहरु नायक रमेश उप्रेती, नायिका केकि अधिकारी, कलाकार निर्मल शर्मा ९गैंडा० र हास्य कलाकार सन्जिब क्षेत्री युएई आउने भएका छन् ।

असोज १३ गते २०७५मा स्याङ्जाबाट सुरु हुने उक्त तालिम झापाको कुनै एक ग्रामीण भेगमा असोज २२ गते सोमबार समापन गर्ने कार्यतालिका रहेको आयोजक उप्रेतीले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply