Sorry, that menu does not exist.
 

कुनै पनि कारणले कुनैपनि बिद्यार्थी, बिद्यालय भन्दा बाहिर रहन दिन हुन्न : नगरप्रमुख नेपाली

अर्नाकोट आधारभूत विद्यालयको वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

झरना कँडेल, बुर्तिवाङ २०७५ बैशाख १२ । ढोरपाटन नगपालिका वडा नं २ मा अवस्थित अर्नाकोट आधारभूत विद्यालय खलबाङको ४३ औं वार्षिकोत्सब तथा १५ औं अभिभावक दिवस समारोह मंगलबार सम्पन्न भएको छ ।

गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता, साक्षर जीवन सुुखि जीवन भन्ने मुल नाराका साथमा सम्पन्न बार्षीक उत्सवको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देब कुमार नेपालीले ब्यानर अनाबरण गरेर उद्घाटन गरेका थिए ।

सोहि अबसरमा कर्मफ्लाईट्स फाउन्डेसन नेपाल कास्कीको सहयोगमा स्थापना गरेको कम्प्युटर ल्याबको पनि फाउण्डेशनका प्रमुख रेणुका कार्कीको रोहबरमा नगरप्रमुख नेपालीले रिबन काटेर उद्घाटन गरेका थिए ।

उद्घाटन पछी नगरप्रमुख नेपालीले बिद्यालय उमेरका सम्पुर्ण बालबालिलाई बिद्यालयमा ल्याउनुपर्ने बताउदै, कुनै पनि कारणले कुनैपनि बिद्यार्थी बिद्यालय भन्दा बाहिर नरहुन भन्ने उद्देश्यले ढोरपाटन नगरपालिकाले पनि भर्ना अभियानलाई तिब्र बनाएको बताए ।

आजको यो प्रबिधीयुक्त शिक्षाको युगमा सबै बालबालिकालाई प्रबिधीयुक्त शिक्षाको पहुचमा ल्याउन बिद्यालय र अभिभाबकको महत्वपुर्ण भुमिका रहेकोले सबैलाई आफ्ना बालबालिकाको शिक्षाप्रति बिशेष ध्यान दिन आह््वान गरेका थिए । शिक्षामा परिवर्तन ल्याउन तथा गुणस्तरीय शिक्षाको लागी बिद्यालयका शिक्षक बिद्यार्थी र अभिभावकको महत्वपुर्ण भुमिका रहने भएकोले यिनीहरु बिच त्रिकोणात्मक सम्बन्ध हुनुपर्ने नेपालीको भनाई थियो ।

नगर प्रमुख नेपालीले यो आर्थिक बर्ष देखि ढोरपाटन नगरपालिका भित्रका सबै बिद्यालयमा अंगे्रजी माध्यमबाट पढाई हुने भएकोले पढाइको गुणस्तरमा थप सुधार आउने बताउदै, पढ्नका लागी भनेर अन्यत्रै धाउनुपर्ने बाध्यता अबका दिनमा हट्ने बिश्वास ब्यक्त गरे ।

फरक प्रसंगमा बोल्दै नगरप्रमुख नेपालीले बिकाशको लागि बिशेष जिम्मेवारी आफ्नो काधमा रहेकोले सो कामप्रति आफु प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा शिक्षक अविभाक संघका संयोजक शंकर बहादुर कुवर कर्मफ्लाईट्स फाउन्डेसन नेपाल कास्कीका प्रमुख रेनुका कार्की अर्नाकोट छात्रबृत्ति प्रतिष्ठानका संयोजक भिम थापा वडा न.२ का वडा अध्यक्ष युबराज महत पूर्व शिक्षक मिन बहादुर महत लगायतले मन्तब्य राखेका थिए ।
बिद्यलाय ब्यबस्थापन समितीका अध्यक्ष प्रेमलाल पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा छेला नेपाली जित बहादुर कुँवर विद्यालयका चन्दादाता, अभिभावक, शिक्षक, भुपु शिक्षक, विद्यार्थी, भुपु विद्यार्थी, शिक्षाप्रेमी, समाजसेबी, विभिन्न राजनितीक दल, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, छिमेकी विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिती रहेको थियो ।

बिद्यालयको प्रगति प्रतिबेदन तथा भाबी कार्य योजना प्रअ धन बहादुर महतले प्रस्तुत गरेका थिए ।

कार्यक्रमको बिशेष आकर्षणको रुपमा नौमतिबाजा , मारुनी नृत्य, शैक्षिक गीत नाच, तथा विद्यालय सेवाक्षेत्रका आमासमुहको प्रस्तुुतिहरु रहेका थिए ।

म्याराथुन दौड, हाईजम्प, लङजम्प, त्रिपलजम्प, हाजिरीजबाफ, तातोआलु, रुमाल टिपाई, चक्लेट दौड , रिलेदौड जस्ता खेलहरु छात्र छात्राको छुट्टा छुट्टै, वा क्षेत्र स्तरीय पुरुष तथा महिला भलिबल खेल प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरेको थियो । जसमा बिजयी प्रतियोगीलाई सोही समारोहमा प्रमुख अतिथी नेपालीको हातबाट पुरस्कृत गरिएको थियो ।

बिद्यालयका शिक्षक चित्र कुमार छन्त्यलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन बिद्यालयका प्रअ महतले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply