Sorry, that menu does not exist.
 

चर्चित गायक रामकुमार विष्टको ‘यो हो हाम्रो धुर्कोट गाउँपालिका’ भिडियो बजारमा

प्रेम सुनार, गुल्मी २०७५ बैशाख १२ । स्थानिय तहको निर्वाचन पछि गुल्मीमा पृथक पहिचान बनाउँदै आएको धुर्कोट गाउँपालिकाले त्यहाँको पहिचान झल्किने गरी सुमधुर गीत बजारमा ल्याएको छ ।

‘यो हो हाम्रो धुर्कोट गाउँपालिका’ वोलको गीत गायक रामकुमार विष्ट र गायिका पवित्र सर्तुङ्गे मगरको स्वरमा सजिएको उक्त गीत हिजो साँझ देखि वजारमा ल्याईएको हो ।

लय तथा शब्द सिर्जना गायक स्वयं विष्टको हो भने त्यसको विशेष सहयोगी कलाकार असिम महत , नरेन्द्र थापा रहेका छन । त्यस्तै थेगो सिर्जना कलाकार व्दय सुनिल थापा र संगीत रामचन्द्र चन्दको रहेको छ ।

उक्त गीतले धुर्कोटको धार्मिक, सांस्कृतिक र सामाजिक सद्भावलाई समेट्नुका साथै कृषि उत्पादनर पर्यटन विकासलाई प्रोत्साहित समेत गरेको छ । यस गीतले धुर्कोटलाई थप चिनाउने अपेक्षा लिएको गायक तथा परिकल्पनाकार बिष्टले बताए ।

दर्जनौं लोक गीत मार्फत नेपाली लोक साङ्गितिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान स्थापति गरेका गायक तथा संञ्चारकर्मी विष्ट धुर्कोट–३ हाडहाडे निवासी हुन् ।

उनले आफु जन्मिएको माटो प्रति समर्पित हुँदै गीतमा समग्र धुर्कोटलाई समेट्ने प्रयास गरेको र शव्द संगै धुर्कोटको दृश्य आफै बोल्ने बताए ,।
मिनी म्युजिक प्रा.लि. काठमाडौंले बजारमा ल्याएको उक्त गीतको दृश्यमा धुर्कोटका साविकका सात वटै वडा देख्न सकिन्छ त्यहाँका पहिचान झल्काईएको छ ।

गायक विष्टले धुर्कोट प्रति समर्पित हुँदै वजारमा ल्याएको उक्त गीतबाट आफु प्रभावित भएको र त्यसले धुर्कोटको पहिचान देश विदेशमा पुराउन टेवा पुग्ने अपेक्षा लिएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए ।

उनले धुर्कोटको पहिचानका लागि श्रीमद्भागवत धुर्कोट धार्मिक महोत्सव पनि सम्पन्न गरिएको र अरु थप प्रचार प्रसारका कार्यक्रम पनि सञ्चालन गरिने प्रमुख पोखरेलले जानकारी दिए ।

गायक रामकुमार विष्टले नेपाली गीत संगीत क्षेत्रमा कमाएको चर्चा संगै उनले आफ्नै माटो प्रति निभाएको उत्तरदायित्व प्रति आफुले सार्वजानिक कार्यक्रमबाट समेत धन्यवाद् दिएको उप–प्रमुख शिवबहादुर खत्रीले बताए ।

धुर्कोट, त्यसमा पनि जनजाती वाहुल्य रहेको हाडहाडे कला संस्कृतिको बेग्लै पहिचान बोकेको छ । यहि माटोबाट ऐतिहासक धुर्कोटको समग्र कला संस्कृतिको पहिचान बृद्धि गर्नमा ठुलो सघाउ पुराउने अपेक्षा लिएको धुर्कोट गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष विष्णुबहादुर थापा श्रीसले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply