रनिश राना, बागलुङ २०७५ बैशाख १२ । यूरोपियन यूनियन नागरिक संरक्षण मानवीय सहायताको सहयोग र प्लान इन्टरनेशनल नेपाल तथा नेपाल गाजा डेभलव्मेन्ट फाउण्डेशनको साझेदारीमा सन्चालित विद्यालय सुरक्षा तथा विपद जोखिम न्यूनिकरण परियोजना ू अन्तर्गत काठेखोला गाऊपालिका स्तरिय भैपरियोजना निर्माण सम्बन्धि कार्यशाला काठेखोला गाउपालिकाको विहुमा सम्पन्न भएको छ । उक्त कार्यक्रम गाउपालिका भित्रका विद्यालयहरुको विपद जोखिम न्युनिकरण गर्न र विपद भएको अवस्थामा विना अवरोध विद्यालय सन्चालन गर्नका लागी भैपरि योजना निर्माण गर्ने उदेश्यले आयोजना गरिएको कार्यशालामा गाउपालिका अन्तरगतका सरोकारवालाहरुको उपस्थिती रहेको थियो।
उक्त कार्यक्रमका सहभागीहरुले भैपरि योजना निर्माणले विपदको अवस्थामा पनि शैक्षिक क्रियाकलाप सन्चालन हुनाले विद्यार्थीको समग्र शैक्षिक विकासमा सहयोग पुर्याउने बताएका थिए।
योजना निर्माण लेखनका लागी सामाजिक विकास समितीका संयोजक विद्यापती शर्माको संयोजक्त्वमा पाच सदस्सिय लेखन समिती गठन गरिएको छ। प्लान नेपालका परियोजना अधिकृत कपिल सिलवालले कार्यशालाको सहजीकरण गरेका थिए ।कार्यशालाको सन्चालन स्रोत व्यक्ती रामानन्द कडेल र स्वागत नेपाल गाजा डेवलपमेन्ट फाउण्डेशनका सूर्य प्रसाद कडेल र अध्यक्षता काठेखोला गाऊपालिकाका सामाजिक विकास समितिका संयोजक विद्यापति शर्माको रहेको थियो ।