जनताको समृद्धि र राष्ट्र हितका लागि सरकार जस्तो चुनौति पनि सामाना गर्न तयार
प्रेम सुनार, गुल्मी २०७५ बैशाख १३ । संघिय सरकारका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले जनताको समृद्धि र राष्ट्र हितका लागि अहिलेको सरकार जस्तो सुकै चुनौतीको पनि सामना गर्न सामना गर्न तयार रहेको उद्घोष गरेका छन् ।
आज दिउँसो गुल्मीको रिडीबाट कालिगण्डकी कोरिडोर सडक १० मिटर चौडा पार्ने कार्यको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले भने अहिलेको सरकारले जनताको समृद्धि र राष्ट्र हितका लागि अरिङ्गालको गोलामा हात हाली सकेको र केहि अरिङ्गालहरु भुरुङ–भुरुङ गर्न थालेको छन् , ती सवको सामना गर्न सरकार तयार छ ।’
हालै चीन भ्रमणबाट फर्किएका मन्त्री ज्ञवालीले चीनसंग रेल मार्ग, चीन संग भारत जोड्ने कालिगण्डकी कोरिडोर लगायतका विकास निमार्णमा सहयोग गर्न समकक्षीसंग आग्रह गरेको बताए ।
नेपाली सेना विकास निर्माण निर्देशनालय कालिगण्डकी कोरिडोर सडक निर्माण कार्यदलले २०६९ सालबाट सुरु गरेको कालिगण्डकी कोरिडोर सडक खण्ड अन्तरगर्त यता गुल्मीको हर्मीचौरमा बसेको सेनाको टोलीले रिडी देखि वागलुङको सीमाना पालुङ्ग खोला सम्म ४२ किलो मिटर औसतमा ८ मिटर चौडा सडक सम्पन्न गरी सकेको छ ।
त्यस्तै उता बागलुङको मालढुङ्गा टाकुरे पालुङ्ग खोला सम्म ३८ किलो मिटर सहित ८० किलोमिटर र औसत ८ मिटर चौडा सडक सम्पन्न भई रिडी देखि १ सय ७४ किमी जोमसोम सम्म यातायात आवत जावत भई रहेका छन् ।
नेपाली सेनाले गरेको यस कार्य प्रति मन्त्री ज्ञवालीले धन्यवाद दिदै सरकारले हालै थप १० मिटर चौडा पार्ने गरेको निर्णय अनुसार छिटो भन्दा छिटो सम्पन्न गरी पिचका लागि सडक विभागलाई बुझाउन आग्रह गरेका थिए ।
१० मिटर चौडा पार्नका लागि वागलुङ तर्फ २५ करोड र गुल्मी तर्फ ३५ करोड विनियोजित मध्ये गुल्मी तर्फ यस वर्ष १० करोड वरावरको काम नेपाली सेनाले सम्पन्न गर्ने भएको छ ।
प्राचीन काल देखि हिन्दु र बौद्धिस्टहरु भारतबाट लुम्विनी, रिडी हुँदै चीन सम्मको धार्मिक यात्रा गर्ने ऐतिहासिक महत्वको पदयात्रालाई अहिले आधुनिक पदयात्राका रुपमा विकास गर्न लागिएको र यसबाट यहाँका जनताको आर्थिक समृद्धि समेत हुने सरकारले अपेक्षा लिएको मन्त्री ज्ञवालीले बताए । उनले वाम एकता भएरै छाड्ने र यस प्रति कसैले संका नगर्न आग्रह समेत गरे ।
विश्वमा अन्यत्र कतै नपाईने शालिग्रामको भण्डार कालिगण्डकीमा रहेको र यो स्थानलाई चिाउन जलासायको विकास समेत गरिनु पर्नेमा ५ नम्वर प्रदेश सांसद कमलराज श्रेष्ठले जोड दिएका थिए ।
त्यस्तै उक्त सडक निर्माणमाको नेतृत्व लिएर स्थानियको प्रशंसा बटुलेका त्यस गणका प्रमुख सेनानी ईन्जिनियर रेश्मीराज कँडेलले कार्य पत्र प्रस्तुत गर्दै सवैले हामी र हाम्रो हो भन्ने भावना लिए हरेक काममा सफलता मिल्ने धारणा राखेका थिए ।