प्रेम सुनार, गुल्मी २०७५ बैशाख १३ । मन्त्री भए पछि गृह जिल्ला गुृल्मीमा पहिलो पटक आएका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीलाई पहिले उनले पढेकोे रिडी माध्यमिक विद्यालयमा आज भव्य स्वागत गरिएको छ ।
मन्त्री ज्ञवालीले बलेटक्सारको चौतराबाट दुई घण्टाको बाटो हिडेर २०३१ सालमा कक्षा ९ मा भर्ना भई १३ वर्षको उमेरमा एसएलसी पास गरेका थिए । उक्त कुराको स्मरण गर्दै मन्त्री ज्ञवालीले भने–‘ यो विद्यालयबाट एसएलसी पास गरे पछि मैले त्यो भन्दा बढि औपचारिक शिक्षा लिन पाईन, अहिले म परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेको छु, तर म अग्रेजी लगायत कुनै विषयमा अड्किन्न ।’
उनले थपे–‘ यो विद्यालय आफैमा गौरवान्वित विद्यालय हो जसले उत्पादन गरेको विद्यार्थी आज परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेको छ र जसले हरेक कुरामा क्षमता राख्छ ।’ आफुले अहिले विज्ञान विषय अध्ययन गर्न लागेको बताउँदै मन्त्री ज्ञवालीले आफुलाई त्यति वेला पढाउने शिक्षकहरुको स्मरण गरे ।
उनले फरक मानसिकता भएकी आफ्नो छोरीको नाममा त्यस विद्यालयका अपङ्गता भएका विद्यार्थीहरुको शैक्षिक विकासका लागि १ लाख वरावरका क्षितिज विशेष पुरस्कार अक्षय कोषको स्थापना समेत गरी दिएका छन् ।
एउटा अपाङ्ग सन्तान हुर्काउन पढाउनुको पीडा आफुलाई गहिरो सग अनुभुत भएको भन्दै उनले अवका दिनमा त्यस्ता वालवालिका शिक्षाबाट बञ्चीत हुन नपरोस भन्ने चाहेको बताए । मन्त्री ज्ञवाली वेसहारा र आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित भएका वालवालिकाको शिक्षा दिक्षामा सरकारले अव अभिभाकत्व लिने जनाएका थिए ।
आफ्नो पुर्व विद्यार्थी परराष्ट्र मन्त्री भएको खुशीयालीमा गृह जिल्लामा पहिलो स्वागत कार्यक्रमको आयोजना गर्दै मन्त्री ज्ञवालीलाई शिक्षक, विद्यार्थी र अभिभावकहरुले प्रवेशव्दार देखि नै पुष्पगुच्छाले भव्य स्वागत गरेका थिए ।
यसैवीच गृह जिल्ला गुल्मीकी एक वालिकालाई परराष्ट्र मन्त्री ज्ञवालीले धर्म छोरी बनाएका छन् ।
गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्वर ५ खज्र्याङ्गकी ८ वर्षिया वालिका अस्मीता परियारलाई आज एक समारोहका विच धर्म छोरी उद्घोष गर्दै मन्त्री ज्ञवालीले उनलाई आफुले अभिभाकत्व दिने बताएका थिए ।
खज्र्याङ्गको विपी स्मृति आवसीय विद्यालयमा पढ्ने उनको सम्पुर्ण खर्च मन्त्री ज्ञवालीले ेनै ब्यहोर्ने र उच्च शिक्षा सम्म आफुले दिलाई दिने बताएका छन् । विपन्न दलित परिवारकी उनलाई बाबु आमाले पढाउने क्षमता नभएको बुझे पछि उनले यस्तो उद्घोष गरेका हुन् ।
उनले अव कुनै पनि वालवालिका आर्थिक अभाव र वेसहारा हुनुको कारणले शिक्षा लिनबाट बञ्चीत हुन नपर्ने समेत बताएका थिए । मन्त्री ज्ञवालीले वालिकालाई कोखमा राखेर खान समेत खुवाएका थिए । त्यस वेला उनको खुशीले आँखा रसाएका थिए ।