Sorry, that menu does not exist.
 

एक महिनाको अन्तरालमा बागलुङ बजारमा दोश्रो नि:शुल्क मुटु स्वास्थ्य शिविरको आयोजना

डेढ दर्जन संस्थाहरुको समन्वयमा मुक्तिनाथ हस्पिटलमा नि:शुल्क मुटु शिविर संचालन हुने

कोपिला कंडेल, बागलुङ २०७५ बैशाख १४ । बागलुङ सदरमुकाममा एक महिना नपुग्दै दोश्रो नि:शुल्क मुटु स्वास्थ्य शिविर हुने भएको छ । गत २०७४ साल चैत २६ गते धौलागिरी अन्चल अस्पतालमा एकदिने नि:शुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न भएको थियो भने आउदो २०७५ बैशाख १८ गते रोटरी क्लव अफ बागलुङको आयोजना तथा डेढ दर्जन संस्थाहरुको समन्वयमा बागलुङ बजार स्थित मुक्तिनाथ हस्पिटलमा मुटुरोगीहरुको निशुल्क मुटुरोग परिक्षण स्वास्थ्य शिविर संचालन हुने भएको हो ।

क्लबले हिजो बागलुङमा पत्रकार भेटघाटको आयोजना गरी यहि बैशाख १८ गते शिविर संचालन गर्ने जानकारी दिएको हो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको प्राबिधिक सहयोगमा बागलुङमा शिविर संचालन गर्न लागिएको क्लबका पुर्ब अध्यक्ष गगनलाल साक्यले जानकारी दिए ।

शिविर संचालनका लागि मुटुरोग बिशेषज्ञ डा. रबी मल्ल डा. निवेस राजभण्डारी र डा. मधु रोका लगायत २२ जना स्वास्थ्यकर्मीको टोलीले मुटु परिक्षण गर्ने रोटरी क्लव अफ बागलुङले जनाएको छ । शिविरमा निशुल्क ईसीजी सेवा, निशुल्क भिडियो एक्सरे ईको, सुगर जाच, पिटी आईएनआरको जाच र शहीद गंगालाल राष्ट्रिय हृर्दय केन्द्रमा उपलब्ध हुने सेवा सम्बन्धी जानकारी गराईने रोटरी क्लव बागलुङका अध्यक्ष पूर्ण बहादुर केसीले बताए । मुटुरोग सम्बन्धी सम्पुर्ण सेवाहरु निशुल्क रुपमा प्रदान गरिने अध्यक्ष केसीले बताए । शिविरमा ५ सय देखी ६ सय जनाको मुटु परिक्षण गरिने आयोजकले बताएका छन् ।

सो अवसरमा बोल्दै नेपाल पत्रकार महासघं बागलुङ शाखाका सचिव राम थापाले ग्रमिण एबं दुर्गम क्षेत्रमा रहेका बिपन्न वर्गका मुटुरोगीका लागि शिविर निकै महत्वपुर्ण हुने बताउदै शिविरलाई ब्यवस्थित तरिकाले संचालन गर्नका लागि ब्यवस्थापकीय रुपमा ध्यान दिन आग्रह गरेका थिए ।

शिविर संचालनका लागि रोट्याक क्लव अफ बागलुङ, ईन्ट्याक क्लव अफ बागलुङ, बागलुङ उद्योग बाणिज्य सघं, गल्कोट सेवा समाज, मुक्तिनाथ अस्पताल, मुक्तिनाथ स्वास्थ्य सहकारी, चारतारे युवाक्लव, लायन्स क्लव अफ बागलुङ, शाक्य कल्याण समाज, भिमापोखरा युवा क्लव, कन्सर्न नेपाल, लाईन्स क्लव अफ बागलुङ कालिका, बानपा ९ तित्याङ, जयन्ती स्मृति प्रतिष्ठान, सेवा समाज अस्कल, रोटरी क्लव अफ दरबार मार्ग काठमाडौ र नेशनल हेल्थकेयर प्रालिको समन्वय रहेको छ ।

कार्यक्रम रोटरी क्लव अफ बागलुङका अध्यक्ष केसीको अध्यक्षता, पुर्व अध्यक्ष गगनलाल शाक्यको स्वागत मन्तब्य र रोटरियन केबी शाहीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply