सुमन जीसी, तानसेन पाल्पा, २०७५ बैशाख १४ । चारतारे युवा क्लव सिवाईसी नेपालद्धारा सञ्चालीत लघुवित्त कार्यक्रमको वार्षीक समिक्षा तथा योजना तर्जुमा गोष्ठिको पाँचौ दिन शुक्रवार पाल्पाको तानसेनमा सम्पन्न भएको छ ।
संस्थाको तानसेन शाखा अन्र्तगत आयोजना गरिएको गोष्ठिको उद्घान संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले गरेका थिए । उद्घान पश्चात गोष्ठिलाई सम्वोधन गर्दै पौडेलले नेपालको गरिवी न्यूनिकरणको औजारको रुपमा रहेको लघुवित्त कार्यक्रम पछिल्लो क्रममा केही टाठाबाठा व्यक्तिहरुले गर्दा बद्नामी तर्फ धकेलीएको बताए । गरिब, विपन्न तथा केही गर्छु भन्ने आँट, सिप र जाँगार भएका विशेष गरी महिला दिदिवहीनीहरुको आर्थिक तथा सामाजिक शशक्तिकरणका लागि सञ्चालीत लघुवित्त कार्यक्रममा केही व्यक्तिहरुले ऋण लीने र भाग्ने गर्नाले समस्या सिर्जना भईरहेको बताउदै पौडेलले आगामी दिनमा लघुवित्त कार्यक्रमलाई नयाँ र फरक शैलीबा सञ्चालन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा सिवाईसी नेपालका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीले लघुवित्त कार्यक्रममा आवद्ध दिदीवहीनीहरुलाई वित्तीय साक्षरता सम्वन्धि ज्ञान नहुँदा केन्द्रहरुमा आर्थिक अपचलन हुने सम्भावना बढेको बताए । अधिकारीले यस्ता घट्नाहरुलाई रोक्नका लागि संस्थाले वित्तीय साक्षरता सम्वन्धि प्रशिक्षण कार्यक्रमहरु आयोजना गरिरहेको बताएका थिए ।
कार्यक्रममा शाखा स्तरीय सञ्जालका निर्देशक अन्जु शाक्य, सञ्जालका सल्लाहाकार भिमकुमारी शाक्य, मिना श्रेष्ठ, उद्यमी सदस्यहरुको तर्फवाट देबि बाह्रघरे, ममता दर्नाल, केन्द्र प्रमुखहरुको तर्फवाट सुनीता के.सी लगाएतले सिवाईसी लघुवित्त कार्यक्रम अन्य संस्थाहरुको तुलनमा सदस्य मैत्री रहेको बताएका थिए ।
लघुवित्त कार्यक्रमको माध्यमबाट विपन्न तथा पछाडी पारीएका वर्गहरुको आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याई गरीबि न्यूनिकरणको राषर््िट्रय अभियानमा सघाउ पु¥याउने उद्देश्यका साथ संचालित सिवाईसी लघुवित्त कार्यक्रम लक्षित दिसामा छ, छैन ? केन्द्रका क्रियाकलापहरुबाट के कस्ता उपलब्धीहरु हा“सिल भै रहेका छन् ? केन्द्र संचालनमा सदस्यहरुको उत्साह र सहभागिता कस्तो छ ? केन्द्रले भोगेका कठिनाईहरु लगाएतका विषयहरुमा सदस्यहरुसंगै छलफल तथा समिक्षा गर्ने र आगामि वर्षको कार्ययोजना निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा महिलाहरुको शशक्तिकरण र आय आर्जनमा उल्लेख्य काम गरी वार्षिक केन्द्र मूल्याङ्कनवाट शाखा स्तरमा उत्कृष्ठ हुने ३ वटा केन्द्रलाई नगद सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने केन्द्रहरुमा क्रमशः नयाँदेवि आत्मनिर्भर महिला केन्द्र रैनादेवि छहरा गा.पा., रानीमहल आत्मनिर्भर महिला केन्द्र तानसेन र ठाटी पोखरी आत्मनिर्भर महिला केन्द्र ख्याहा, प्रथम, दृतिय र तृतीय स्थान हाँसील गरेका थिए।
तानसेन शाखा कार्यालय अन्तर्गतका केन्द्र प्रमुखहरुको उपस्थिती रहेको कार्यक्रममा वित्तीय साक्षरता सम्वन्धमा संस्थाका अध्यक्ष पौडेल, प्रमुख कार्यकारी अधिकृत अधिकारी र प्रवन्धक संगिता शर्मा पौडेलले सहजिकरण गरेका थिए ।
संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत तथा शाखा कार्यालयको प्रगतिको वारेमा शाखा प्रवन्धक बालकृष्ण भण्डारी र सञ्चालन एवम् सम्पूर्ण संस्थाको बारेमा जानकारी प्रवन्धक संगिता शर्मा पौडेलले जानकारी गराएकी थिईन ।