घनश्याम गौतम, गल्कोट २०७५ बैशाख १५ । प्रदेश नम्बर ४ की प्रदेश सासंद साबित्रा रानाले महिला हिसांं बिरुद्ध महिलाहरु एकजुट हुन आग्रह गरेकी छिन् । गल्कोट नगरपालिका बडा नम्बर ३ मा भएको बामपन्थी महिला संगठनको समीक्ष्ााँ तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गदैं रानाले महिला हिंँसा अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिईन् ।
सांसद रानाले अबका दिनमा महिलाहरु बिकास निर्माणका कार्यक्रम सक्रियताकासाथ लाग्नुपर्ने बताईन् ।
कार्यक्रममा माओबादी केन्द्र निकट एकिकृत अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष कुशुम बुढामगर, राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष रुद्रा केसी, जिल्ला समन्यन समिति सदस्य रुपा बिक, नेकपा एमालेका गलकोट नगरपालिकाका अध्यक्ष डम्मर श्रीस्, माओबादी केन्द्र गल्कोट नगरपालिकाका अध्यक्ष तिलक उप्रति, गल्कोट नगरपालिका वडा नम्बर १ का बडा अध्यक्ष नेत्र बुढाथोकी, गल्कोट नगरपालिका वडा नम्बर ६ का बडा अध्यक्ष नर बहादुर खत्री अखिल नेपाल शिक्षक संघका केन्द्रीय प्रतिनिधी टिकाराम कडेंल, नेपाल राष्टिय शिक्षक संघका गलकोट नगर अध्यक्ष राम बहादुर खत्री राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पदम श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा गल्कोट नगरपालिकाका ११ ओटै बडाका महिला बडा अध्यक्षले बडामा महिलाहरुको अबस्थाको बारेमा रिपोर्टिङ गरेका थिए ।
कार्यक्रममा संगठनका भावी निति तथा कार्यक्रमहरु, कार्यालय ब्यबस्थापन गर्ने, महिलाहरुलाई नेतृत्व बिकासको तालीम दिने, नगरपालिकासंग सम्वन्यन गरि बिकास निर्माणका योजना निर्माण गर्ने, प्रत्येक महिनामा माशिक बैठकको ब्यबस्थापनगर्ने लगाएतका निणर्य गरेको महिला सयुक्त बाम गठबन्धन गल्कोट नगरपालिकाकी अध्यक्ष कौशिला घर्तीले जनाकारी दिएकी थिईन ।
कार्यक्रम महिला सयुक्त बाम गठबन्धन गल्कोट नगरपालिकाकी अध्यक्ष कौशिला घर्तीको अध्यक्षता र सरस्बति कार्किको सञ्चालनमा सम्पन्न भएको थियो ।