Sorry, that menu does not exist.
 

जापानबाट ईश्वरीले पठाए, दाँगको घैयाबारी बाल बिकास क्लबलाई सीडीएमए फोन !

बागलुङ २०७५ बैशाख १६ । सूचना, सञ्चार र प्रबिधिको बिकास सगैँ गाउँगाउँमा सञ्चारका साधनको आबश्यकता र प्रयोग बढ्न थालेको छ । कहिँ दुरसंचार कम्पनिहरु आफैले बिस्तार गरेका छन त कहिँ अन्य निजी कम्पनिहरुले बिस्तार गरेका छन् तर बागलुङ जिल्लाको पश्चिम बडीगाड गाऊँपालिका वडा न ५, साबिक ग्वालिचौर-८, दाँगमा भने बिदेशमा रहेका सोही ठाउँका एक दाताले सहयोगमा बालशिक्षा क्लबलाई सीडीएमए (CDMA) फोन उपलब्ध भएको छ ।

सोही ठाउँका ईश्वरी प्रसाद घिमिरेले आफ्नै गाउँमा रहेको घैयाबारी बालबिकाश केन्द्रलाई एकथान CDMA फोनसेट सहयोग गराएका हुन । सञ्चारको बिकास सँगै फोनको आबश्यकता देखिएपछि सहयोग गरेको घिमिरेले बताएका छन् ।

घिमिरेले स्वर्गीय बाबा चन्द्रमणि घिमिरेको स्मृति तथा आमा चमकली घिमिरेको नाममा उक्त फोन उनका भाई राम प्रसाद घिमिरेको पहलमा आमाको हातबाट बालबिकास केन्द्रकी सहजकर्ता तारा घिमिरेलाई एक कार्यक्रमका बिच हालै हस्तान्तरण गरिएको छ। हस्तान्तरण कार्यक्रममा बोल्दै घिमिरेकी आमा चेमकली घिमिरेले ‘छोराको यो सहयोग आफ्नो हातबाट हस्तान्तरण गर्न पाउँदा आफुलाई निकै भाग्यमानी सम्झेको’ बताईन् ।

उक्त कार्यक्रममा बोल्दै केन्द्रकी सहजकर्ता तारा घिमिरेले ‘बिदेशमा दुस्ख गरेर आफ्नो गाउँको आबश्यकतालाई महसूस गरि सहयोग गरेकोमा बिशेष धन्यबाद ब्यक्त गर्दै अब बालबिकासमा बालबालिकाको लागि केही खेलौना लगायत मादल आबश्यकता छ यसको लागि पहल गर्न आग्रह गरिन।

हस्तान्तरण कार्यक्रममा जापानबाट फोनमा कुरा राख्दै इश्वरीले भने ‘म सानै उमेर देशि नै बिदेश लागेँ, बाध्यताले आफुले भनेजति पढ्न पाईन तर आगामि दिनमा पढ्नबाट कोहिपनि बन्चित नहोस् भन्ने हेतुले बाल बिकाश केन्द्रमा पढाइ लगायत सुचनाको क्षेत्रमा सहयोग पुगोस् भनेर यो सहयोग गरेको हुँ, आफु जन्मगाउँ देखि टाढा रहेपनि हरपल गाउँकै बिकाशको लागि सोचिरहन्छु ।’


ईश्वरीप्रसाद घिमिरे, जापान
बिदेशमा छु तर मन सधैं गाउँ मै छ, मैले पढ्न नपाएकोमा मलाई पछुतो त छ नै तर म चाहान्छु अब कोहिपनि यसरी पछुताउन नपरोस्’ उनि भन्छन् ।

जिल्लाको सदरमुकाममा अध्ययन एवं अपाङ्गताको क्षेत्रमा सक्रिय उनका भाई राम प्रसाद घिमिरेको पहलमा उक्त फोन उपलब्ध गराईएको थियो ।

हस्तान्तरण कै क्रममा बोल्दै रामले भने ू बिदेशमा रहेका हरेकले आफुले सकेको सहयोग आफु जन्मेको गाउँलाई गर्न सके गाउँको मुहार फेर्न धेरै समय लाग्दैन, आजभोलि सहयोग गर्ने चलन वास्तविकता भन्दा प्रचारवादी बढि देखिन्छ यो गलत हो, म गाँउको बिकासको अभियानमै छु यस अभियानमा सहयोग गर्ने उहाँलाई म हार्दिक आभार ब्यक्तगर्न चाहान्छु, आगामि दिनमा कसैले सहयोग गर्न चाहेमा आफुले हरदम सहयोगी वातावरण सृजना गर्ने छुू उनले भने।

हाल उक्त बालबिकासमा २ वर्ष देखि ६ बर्ष सम्मका १९ जना बालबालिका रहेका छन । गरिव देश र धनी जनता रहेको हाम्रो जस्तो अल्पबिकसित राष्ट्रमा बिकासको लागि सरकारकै मात्र मुख ताक्नु भन्दा आफुले सकेको सहयोग गर्न सके गाउँको बिकास र आबश्यकता पूरा गर्न धेरै समय लाग्ने थिएन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply