Sorry, that menu does not exist.
 

ढोरपाटन स्थित ढोर बराह मन्दिरमा आजै देखी सुरु भयो बलि पूजा !

डम्मर बुढा मगर, , बुर्तिवाङ २०७५ बैशाख १६ । ढोरपाटन स्थित ढोर बराह मन्दिरमा आजै देखी पूजा अर्चना सुरु भएको छ । तिथि अनुसार भोलि बैशाख १७ गते बैशाख पूर्णिमा परेपनि बुद्ध जयन्ती पनि सोहि अवसरमा परेको हुनाले आजै ढोर बराह स्थानमा बलि पूजा गरिएको स्थानीयले बताएका छन् । यस अघी भने सामान्यतया पूर्णिमा कै दिन पूजा र बलि दिईने प्रचलन रहि आएको उनिहरुले बताए ।

ढोरपाटनमा रहेको हनुमानध्वज गुल्मका ईन्द्र बहादुर शाहीका अनुसार आज करीब एक हजार श्रद्धालुहरु उत्तरगंगा स्नान र ढोर बराहमा पूजा अर्चनाका लागि ढोरपाटन आईपुगेका र यहाँ बस्नको समस्याका कारण आजै ढोर बराहको पूजा अर्चना गरी बुर्तिवाङ फर्किएको जानकारी दिए ।

उनले आजै मात्र १ सय ६८ भेँडाको बलि चढाईएको छ भने अझै २ सय ५० श्रद्धालुहरुले भोलि ढोरबराहा मन्दिरमा बलि सहित पूजागर्न ढोरमा आई पुगेको बताए ।

पछिल्लो समय सडक यातायातका कारण ढोर बराह मन्दिरमा पूजार्चनाका लागि आउने श्रद्धालुहरुको संख्या एक्कासी बढेपछी ढोरपाटनमा आवास सुविधा प्रयाप्त नहुँदा उनिहरु चाँडै बुर्तिवाङ फर्कन हतार गरेको स्थानीयले बताएका छन् ।

भोलि पूर्णिमाको विहानै देखी ढोरबराहको मन्दिरमा श्रद्धालुहरुले पूजा अर्चनगर्ने बताईएको छ ।

तस्वीर- दीपक पराजुली, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply