अखिल क्रान्तिकारी कुश्मा नगर अध्यक्षमा सङकल्प निर्विरोध !
निर्मल पौडेल पर्वत २०७५ बैशाख १७ । नेपाली काँग्रेसवाट निर्वाचित कुस्मा नगरपालिका- ८ चुवाका वडाअध्यक्ष राजकुमार क्षेत्रीलाई अखिल क्रान्तिकारी कुस्मा नगरकमिटीले दोसल्ला अढाएर सम्मान गरेको छ । आफ्नो छोराछोरीलाई निजि बिद्यालयवाट निकाली सरकारी बिद्यालयमा भर्ना गरेर उदाहरणिय कार्य गरेको भन्दै सोमवार नेकपा माओवादी केन्द्रको जिल्ला पार्टि कार्यलयमा आयोजित अखिल क्रान्तिकारीको प्रथम कुस्मा नगर सम्मेलनको अवसरमा क्षेत्रीलाइ सम्मान गरिएको हो ।
कार्यक्रममा क्षेत्रीले निजी विधालयमा छोराछोरीलाई पढाउने अभिभावकहरुमा चलेको होडवाजी अन्त्य हुनुपर्ने वताए । उनले भने “पढाइमा ध्यान दिए सरकारी विधालयमा पनि विधार्थीहरुले राम्रो अंक ल्याएर उर्तिण हुन सक्छन् । विगतमा सामुदायिक विधालयमा शैक्षिक गुणस्तर न्यून भएपनि हाल सामुदायिक विद्दालयको गुणस्तर सुधारीएको छ । “मैले मेरा छोराछोरी लाई सामुदायिकमै भर्ना गरेको छु सम्पुर्ण अभिभावकहरुले पनि आफ्ना वालवालीकाहरुलाई सरकारी विद्दालयमा नै पढाइ थप सामाजिक नैतिकवान र दक्ष विधार्थी वनाउन आग्रह गर्दछु ।
क्षेत्रीले राज्यको नीति वमोजिम सवै वालवालीका विद्दालयको पहँुचमा पु¥याउने अभियानलाई सफल वनाउन दैनिक रुपमा समुदायमा पुगेर वालवालिकाहरुलाई विधालयमा पढाउन आग्रह समेत गर्दै आउनु भएको छ । प्रथम नगर सम्मेलनले शिव संकल्प सुवेदीको अध्यक्षतामा २९ सदस्यीय नगर कमिटी समेत गठन गरेको छ । जसको उपाध्यक्षमा सन्दिप वि.क. सजना पिप्ला,सचिव दिपक पुरी ,सहसचिव अजित परियार राधा शर्मा र कोषाध्यक्षमा सन्देश सुवेदी रहनु भएको छ भने त्यस्तै सदस्यहरुमा सुदिप सुवेदी, गणेश केसी, रविन सुवेदी, मनिषा पौडेल, इच्छा सुवेदी, अरुणा शर्मा, राजिन सुवेदी, विमल सुवेदी, रामु अधिकारी, सञ्जु अर्याल, सुरेश परियार, सञ्जय परियार रहेका छन् ।
त्यस्तै अन्य सदस्यहरुमा दिपेन्द्र परियार, अशोक परियार, अन्जित सुवेदी, भुवन पौडेल, याम भण्डारी रहेका छन् । बाँकी ९ सदस्यहरु निर्वाचित कमिटीको पूर्ण बैठकले मनोनयन गर्ने बताइएको छ ।
कार्यक्रममा कुस्मा नगरसभाका अध्यक्ष शंकर गिरीले नव निर्वाचित अखिल क्रान्तिकारीको कमिटिलाइ वधाई तथा सफल कार्यकालको शुभकामना दिँदै सम्पुर्ण जनप्रतिनिधि लगायत सरकारी कर्मचारीहरुले आफ्ना वालवालीकाहरुलाई सामुदायिक विधालयमै पढाउन आग्रह गर । गिरीले देशमा वु्रजुवा शिक्षाको अन्य भई प्राविधिक शिक्षाको विकास हुनुपर्नेमा जोड दिए । गिरीले देशको राजनीतिक परिर्वतनमा युवाहरुको भूमिका रहेको भन्दै विद्यार्थीहरुलाई शिक्षामा देखिएको माफियातन्त्रको अन्त्यका लागि अग्रसर हुनुपर्नेमा जोड दिए । उनले सवै विद्यार्थी संगठन एक भएर देशको विकास र समृद्धितर्फ उन्मुख हुन आग्रह गरे ।
अखिल (क्रान्तिकारी) प्रदेश ४ का संयोजक तथा केन्द्रिय सदस्य कृष्णराज दाहालले शैक्षिक क्षेत्रमा देखिएको शैक्षिक माफियाको विरुद्धमा विद्यार्थी संगठन एक जुट हुनुपर्नेमा जोड दिए । उनले देशमा दुइ खाले शिक्षा प्रणाली रहेका कारण त्यसको अन्त्यका लागि सरकारलाइ दबाब दिनुपर्नेमा उनको जोड थियो ।
राज्यले सामुदायिक विद्यालयको गुणस्तर अभिबृद्धि गर्नको लागि र विद्यार्थीलाई सामुदायिक विद्यालयमा आकर्षण गर्नको लागि भर्ना अभियान चलाएको भन्दै उक्त कार्य स्वागत योग्य रहेको बताए ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य ढाकाराम गौतम सन्देशले नवनिर्वाचित कमिटिलाइ बधाइ दिदै विद्यार्थी संगठनहरु एक हुनुपर्ने सुझाए । उनले शैक्षिक गुणस्तर अभिवृद्धि गर्नको लागि विद्यार्थी संगठनले गर्ने विभिन्न क्रियाकलापमा आफ्नो रचनात्मक सहयोग हुने बताए ।
प्रदेश ४ सहसंयोजक विजयप्रकाश सापकोटाले अबको शिक्षा पद्दती प्राविधिक र समाजबादी आधारमा निर्माण हुनुपर्ने बताए । उनले प्राविधिक शिक्षा मार्फत आय र रोजगारी मुलक शिक्षा प्रणालीको विकास गर्न सकेमात्रै देशमा बेरोजगारको अन्त्य हुने बताए ।
नेपाल ट्रेड महासंघ पर्वतका अध्यक्ष विक्रम ढुंगानाले नवनिर्वाचित कमिटिलाइ बधाइ दिदै शिक्षामा देखिएको अराजगताको विरुद्धमा एक जुट हुनुपर्ने बताए ।
विद्यार्थी संगठनका जिल्ला सदस्य सन्देश सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत दिपक पुरीले र संचालन शिव सुवेदीले गरेका थिए ।
नवनिर्वाचित नगर कमिटिका अध्यक्ष शिव सङकल्पले नगरपालिकाका भित्ररहेको शैक्षिक व्यथितिको विरुद्धमा आफू निरन्तर लाग्ने बताए । उनले संगठनलाइ चुस्त पार्दै प्रभावकारी रुपमा अगाडी बढाउने समेत प्रतिबद्धता जनाए ।
कार्यक्रम प्रदेश नँ चारका अखिल क्रान्तिकारीका सँयोजक कृष्णराज दाहाल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
Chat Conversation End