बागलुङ २०७५ बैशाख १८ । बागलुङ नगरबासीले पशुले पनि नखाने पानी पिउछन् भन्दा आश्चर्य मान्नु पर्दैन । किनकि दिन बिराएर यस्तै फोहोरयुक्त दुषित पानी धाराबाट झर्ने गरेपछी कहाँबाट ल्याएर शुद्ध पानी पिउनु ? आज बिहान खानेपानीको धाराबाट झरेको माटोको लेदो सहितको दुषित पानीले त यहि बास्तविकतालाई उदाँग पारेको छ ।
फेसबुक मित्र डीबी कार्कीले आफ्नो फेसबुकको पर्खालमा आज बिहान खानेपानीको धाराबाट झरेको दुषित पानीको तस्बीर राखेर नगरबासी उपभोक्ताहरुको बाध्यतालाई जाहेर गरेका छन् ।
तर नगरपिताको आँखाले धाराबाट झरेको दुषित पानीको दृश्यलाई देखेको छैन । महलमा बस्न थालेपछी पानीको साटो वाटर खाने बानी परिसकेकै होला ।
न उपभोक्ताहरुलाई शुद्ध पानी वितरण गर्ने जिम्मा लिएका हाकिमहरुलाई केहि चिन्ता छ, न नगरपिताहरुले यसको कुनै चासो राख्छन् । नगरबासीको दुर्भाग्य ……….!
त्यसैले कार्कीले फेसबुक पर्खालको अन्त्यमा लेखेका छन्, ‘बोल्नु भन्दा नबोल्नै बेश ।’ यस हरफ भन्दा अल्ली माथी कार्कीले लेखेकै छन्, ‘जस्तो पानी दिएपनि नगरबासी चुप लागेर खान्छन् ।’