Sorry, that menu does not exist.
 

शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेको व्यापारिकरणका कारण नेपालको शिक्षा क्षेत्रमा समस्या -सांसद पाठक

बागलुङ, २०७५ बैशाख १८ । मंगलवार रुद्रेपिपल माध्यमिक विद्यालयमा आयोजना गरिएको अभिभावकत्व ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठले शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेको व्यापारिकरणका कारण नेपालको शिक्षा क्षेत्रमा समस्या उत्पन्न भैरहेको बताएका छन् ।

सांसद पाठकले सरकारी सामुदायिक बिद्यालयमा राज्यको ठुलो लगाकनि रहेको भएपनि निजी बिद्यालयको व्यापारीकरणका कारण शिक्षा क्षेत्रमा सोचेजस्तो नतिजा हाँसिल गर्न नसकेको बताए ।

शिक्षा क्षेत्रमा व्यपारीकरण बढ्दै गएको भन्दै पाठकले यसको नियन्त्रण र व्यवहारिक शिक्षाको लागि सांसद र सरकारमा दबावमुलक कार्यक्रम लिएर जाने बताए ।

कार्यक्रममा बैदेशिक रोजगारीमा बेल्जियममा रहेका बागलुङका देवेन्द्र पौडेल देवुले रुद्रेपिपल माध्यामिक विद्यालयका एक जना बालकको अभिभावकत्व ग्रहण गरेका छन् ।

आफ्ना नातेदार दाई रामप्रसाद खनाल र भाई नारायण गौतम मार्फत पौडेलले जिल्लाको ढोरपाटन नगरपालिका १ का श्रीधर बस्नेतको अभिभावकत्व ग्रहण गरेका हुन् । बस्नेतलाई रुद्रेपिपल माध्यमिक बिद्यालय कक्षा २ मा भर्ना गरिएको छ ।

आर्थिक अवस्था कमजोर रहेको परिवारका बस्नेतलाई सांसद पाठक र बीबीसी नेपाली सेवाका बागलुङ प्रतिनिधि रबिना बोहोराको समन्वयमा पौडेलले अभिभावकत्व ग्रहण गरेका हुन ।

मंगलवार आयोजना गरिएको कार्यक्रममा बस्नेतलाई दुई जोर पोशाक, एक जोर जुत्ता, झोला र तिन महिनाका लागि खाजा खर्च उपलव्ध गराईएको छ ।
कार्यक्रममा राम प्रसाद खनाल, नारायण गौतम, विद्यालय व्यवस्थापन समितीका सदस्य सन्दिप थापा, शिक्षक अभिभावक संघका अध्यक्ष नारायण प्रसाद शर्मा, बिद्यार्थी भावना पौडेल, बिद्यालयका प्रद्यानाध्यापक राजेश श्रेष्ठ, लगायतले बोलेका थिए ।

बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष अमृत बहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक सोमनाथ शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply