Sorry, that menu does not exist.
 

गलत मानसिकता भएका व्यक्तिको लहैलहैमा लाग्दा लघुवित्तको लक्ष्य पुरा हुन सकेन- पौडेल

वामी गुल्मी २०७५ बैशाख १९ । चारतारे युवा क्लव सिवाईसी नेपालको लघुवित्त कार्यक्रम अन्तर्गत सञ्चालित लघुवित्त कार्यक्रमको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठिको दशौंैं दिनको कार्यक्रमका सहभागिहरुले पछिल्लो क्रममा लघुवित्त कार्यक्रममा भईरहेको सदस्यहरुको दोहोरोपनाले गर्दा लघुवित्त कार्यक्रममा समस्या सिर्जना भईरहेको बताएका छन् ।

संस्थाको वामी शाखा कार्यालयमा बुधवार सञ्चालित कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले ग्रामीण क्षेत्रका केही गर्छु भन्ने सिप र जाँगर भएका महिला दिदीवहिनीहरुको जीवनस्तरमा परिवर्तन गर्ने असल उद्देश्यबाट सञ्चालित कार्यक्रममा दोहोरोपनाले व्यापक समस्या सिर्जना भईरहेको बक्ताहरुको भनाई थियो । कुनै समय असहज वातावरण हुँदा ग्रामीण क्षेत्रमा लघुवित्त कार्यक्रमको सेवा प्रदान गर्ने कुनै पनि संस्था नरहेको स्थितीमा अहिले सहज वातावरण भएपछि च्याउ जस्तै लघुवित्तीय संस्थाहरु गाउँगाउँमा पुगेको उनीहरुले बताए । केही टाठाबाठा व्यक्तिहरु सबै संस्थाहरुमा बसी ऋण लीने, एउटै व्यक्तिले धैरै व्यक्तिहरुको नामवाट ऋण चलाउने र भाग्ने गर्नाले लघुवित्त कार्यक्रमप्रति आम जनामानासमा नकरात्मक धारणा बढ्दै गईरहेको उनीहरुको भनाई थियो ।

लघुवित्त कार्यक्रम जस्तो महिला दिदीवहीनीहरुलाई विना धितो कर्जा प्रवाह गरी जीवनस्तर परिवर्तन ल्याउने अरु कुनै कार्यक्रम नभएको भन्दै बक्ताहरुले यसमा देखिएको समस्याहरुलाई समाधानका लागि सम्पूर्ण दिदीवहिनीहरुले एउटा संस्थालाई मात्र आफ्नो रोजाई बनाउनुपर्ने बताएका छन् । गुल्मी क्षेत्रमा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने पहिलो संस्था सिवाईसी भएको र यसले प्रदान गर्ने सेवा सुविधा अन्य संस्थाको भन्दा फरक भएकाले सिवाईसीलाई नै पहिलो रोजाईको संस्था बनाउन सबैलाई बक्ताहरुले आग्रह समेत गरेका थिए ।

कार्यक्रममा सिवाईसी नेपालका कार्यसमिति सदस्य सीता शर्मा, सिवाईसी नेपालका विशिष्ट सदस्य सुदर्शन शाक्य, शाखा स्तरीय सञ्जालका निर्देशक उषा थापा, वडा स्तरीय सञ्जाल मुसीकोट न.पा. ४ का सल्लाहाकार एवं वडा सदस्य बालकुमारी राकासकोटी, वडा स्तरीय सञ्जालका मुसीकोट न.पा. ३ का प्रवक्ता कमला भण्डारी, मुसीकोट न.पा. ६ का प्रवक्ता खीमा खड्का वडा स्तरीय सञ्जाल मुसीकोट न.पा. ७ का निर्देशक सिजन बौद्धचार्य, वडा स्तरीय सञ्जाल मजुवाका निर्देशक सीता गौतम, उद्यमी सदस्यहरुको तर्फवाट समिक्षा सिंह, बसन्ती बगाले, रुपा कार्की, सिता बस्नेत, त्रिभुवन मावि कुर्घाका शिक्षक शुकदेव रिजाल लगाएतले आफ्ना भनाईहरु राखेका थिए ।

कार्यक्रममा महिलाहरुको सशक्तिकरण र आय आर्जनमा उल्लेख्य काम गरी वार्षिक केन्द्र मूल्याङ्कनवाट शाखा स्तरमा उत्कृष्ठ हुने ३ वटा केन्द्रलाई नगद सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने केन्द्रहरुमा क्रमशः जागृतीे आत्मनिर्भर महिला केन्द्र मुसिकोट न.पा. ६, शिवपार्वती आत्मनिर्भर महिला केन्द्र मुसिकोट न.पा. ४ र सप्तरङ्गी आत्मनिर्भर महिला केन्द्र गुल्मी दरवार २, प्रथम, दृतिय र तृतीय स्थान हाँसील गरेका थिए ।

सोही क्रममा शाखा कार्यालय अन्तर्गत उत्कृष्ट बचतकर्ताको रुपमा केन्द्र नं. २६ का सदस्य सीता गौतम र सदस्यका छोरा छोरीहरु मध्येवाट एस.ई.ई परीक्षामा उत्कृष्ट स्थान हाँसील गर्ने केन्द्र नं. ९ का सदस्य राधिका शर्मा रिजालका छोरा सुजन रिजाललाई नगद सहित सम्मान एवम् पुरस्कृत गरिएको थियो । कार्यक्रममा संस्थाका सदस्य मिना सिंह र समिक्षा सिंहले चेतनामुलक गीत प्रस्तुत गरेका थिए ।

वामी शाखा कार्यालय अन्तर्गतका केन्द्र प्रमुखहरुको उपस्थिती रहेको कार्यक्रममा वित्तीय साक्षरता सम्वन्धमा सहजिकरण तथा कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सिवाईसी लघुवित्त कार्यक्रम सञ्चालनको मर्मलाई सदस्यहरुले नबुझी केही गलत मानसिकता भएका व्यक्तिहरुको लहैलहैमा लाग्दा गरिवी न्यूनिकरणको महान लक्ष्य बोकी सञ्चालित सिवाईसी लघुवित्त कार्यक्रमको लक्ष्य पुरा हुन नसकेको बताएका थिए ।

सिवाईसी लघुवित्त कार्यक्रम अन्य संस्थाहरु जस्तो ऋण दिने र बचत गर्ने ठाउँ मात्र नभएको भन्दै पौडेलले सिवाईसी लघुवित्त कार्यक्रम भनेको सदस्यहरुको सर्वाङ्गीण विकास गर्ने अस्त्र रहेको बताए । पौडेलले मन्तव्यकै क्रममा आजकै दिनदेखि सिवाईसी लघुवित्त कार्यक्रममा संलग्न सदस्यहरुको चौरासी पुजा गर्ने उमेर पुगे पश्चता पुजा गर्न नसक्ने सदस्यहरुलाई संस्थाले चौरासी पुजा गर्ने नयाँ सुविधा थप गरेको समेत बताए ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत तथा शाखा कार्यालयको प्रगतिको वारेमा शाखा प्रवन्धक सुवास नेपालीे र सञ्चालन एवम् सम्पूर्ण संस्थाको बारेमा प्रवन्धक संगीता शर्मा पौडेलले जानकारी गराएकी थिईन ।

लघुवित्त कार्यक्रमको माध्यमबाट विपन्न तथा पछाडी पारीएका वर्गहरुको आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याई गरीबि न्यूनिकरणको राषर््िट्रय अभियानमा सघाउ पु¥याउने उद्देश्यका साथ संचालित सिवाईसी लघुवित्त कार्यक्रम लक्षित दिसामा छ, छैन ? केन्द्रका क्रियाकलापहरुबाट के कस्ता उपलब्धीहरु हांसिल भै रहेका छन् ? केन्द्र संचालनमा सदस्यहरुको उत्साह र सहभागिता कस्तो छ ? केन्द्रले भोगेका कठिनाईहरु लगाएतका विषयहरुमा सदस्यहरुसंगै छलफल तथा समिक्षा गर्ने र आगामि वर्षको कार्ययोजना निर्माण गर्ने उद्देश्यले सिवाईसीले वार्षिक रुपमा यो कार्यक्रम आयोजना गर्ने गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारीले जानकारी गराए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply