Sorry, that menu does not exist.
 

बुर्तिवाङमा समुदायमा सरकारी वकिल बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न !

झरना कँडेल, बुर्तिवाङ २०७५ बैशाख २० । प्रभावकारी अभियोजन,सुदृढ प्रतिरक्षा , ब्यवसायिक सरकारी वकिल हाम्रो प्रतिबद्धता, भन्ने मुल नाराका साथ समुदायमा सरकारी वकिल बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सरकारी वकिल कार्यालय बागलुङको आयोजनामा सरकारी वकिलले गर्नुपर्ने काम कर्तब्य र जनताको अधिकार बारे जनतालाई सुसूचित गर्ने उद्देश्यले ढोरपाटन नगरपालिका १ बुर्तिवाङमा सो कार्यक्रम गरिएको हो ।

अन्तरक्रियामा यहाँ स्थित ईलाका प्रशासन कार्यालय प्रमुख जनक थापा , उत्तम बहादुर महत , तुल्सीराम अर्याल , गौरिश्वर पाण्डे , दल बहादुर भण्डारी , दिलमायाँ पौवी , चन्द्रलाल अर्याल, वडा नं १ का वडाध्यक्ष चित्र बहादुर भण्डारी,गुञ्ज बहादुर भण्डारी लयागतले देवानी, फौज्दारी लगायत अन्य मुद्दामा सरकारी वकिल र प्राईभेट वकिलको भुमिका तथा सर्बसाधारणले पाउने सुबिधा तथा कानुनी अधिकार त्यस्तै गरी कानुनी ब्यबस्था र बास्तबिकताको चपेटामा सरकारी कर्मचारी परेको तथा यस बिषयमा कानुनी ब्यबस्थाबारे जिज्ञासा राखेका थिए ।

सम्पुर्णको जिज्ञासालाई ंसंबोधन गर्दै जिल्ला सरकारी वकिल कार्यालय बागलुङका न्यायाधिबक्ता तथा कानुनी सल्लाहाकार धर्मराज पौडेलले पहिलो कुरा कानुन भएकाले कानुनमा टेकेर मात्रै बास्तबिकतामा आउन आग्रह गर्दै , कानुन समयसापेक्ष तथा सर्बसाधारणको हितमा हुने स्पष्ट पारेका थिए ।

बार्षिक ४० हजार भन्दा कम आय भएका सर्बसाधारणलाई नि:शुल्क कानुनी सेवा दिने व्यवस्था रहेको बताउदै, यदि कुनैपनि साक्षीले आफु अप्ठ्यारोमा वा असुरक्षित छु भन्ने लागेमा घरदेखी अदालत सम्मै बिशेष सुरक्षा दिनुपर्ने ब्यबस्थापनि रहेको उल्लेख गरे ।

२०७५ भदौ १ गतेबाट देवानी र फौज्दारी सम्बन्धी नयाँ कानुन लागु हुने भएकाले पहिले भन्दा अझै सहज हुने उनको भनाई थियो । कुनैपनि राम्रा कार्यहरु कानुनमा छ भन्नुभन्दा पनि त्यसलाई ब्यबहारमा परिवर्तित गर्न आफै लाग्नुपर्ने उनको धारणा थियो ।

जिल्ला सरकारी वकिल कार्यालय बागलुङका सदस्य गणेश पौडेलले कार्यक्रमबारे जानाकारी गराउदै स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला सरकारी वकिल कार्यालय बागलुङका नायब सुब्बा अर्जुन शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply