Sorry, that menu does not exist.
 

उद्योगको विकास हुन नसके मुलुकले आर्थिक उन्नती हासिल गर्दैनः मन्त्री लम्साल

माधव पराजुली, पोखरा २०७५ बैशाख,२१ । प्रदेश नं. ४ का उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्योग बिना देशले आर्थिक समृद्धी हासिल गर्न नसक्ने बताएका छन् ।

पोखरामा शुक्रवार देखि शुरु भएको चार दिवसीय प्रदेश स्तरीय औद्योगिक प्रदर्शनी मेलाको उद्घाटन गर्दै मन्त्री लम्सालले नेपालमा लघु, घरेलु तथा साना उद्योगको विकास हुन नसकेमा मुलुकले आर्थिक उन्नती हासिल गर्न नसक्ने बताए ।

वर्तमान सरकार देशको आर्थिक समृद्धिका लागि क्रियाशील रहेको बताउदै लम्सालले मुलुकमा गरिवी निवारणका लागि औद्योगिक वातावरण बनाउन प्रदेश सरकार लागि परेको स्पष्ट पार । ेप्रदेश नं. ४ अन्तर्गतका महानगरपालिका सहित नगरपालिका, गाउँपालिका लगायतका सवै स्थानीय तहमा उद्योग ग्रामको विकास गरिने छ मन्त्री लम्सालको भनाई थियो ।

उनले”रोजगारीको शिलशिलामा युवाहरु विदेशीन बाध्य भएको तथ्य औल्याउँदै स्थानीय स्तरमा नै उद्योग मार्फत रोजगार सिर्जना गरेर गाउँमा नै रमाउने बनाउने अवधारणा प्रदेश सरकारले लिएको खुलासा समेत गरे ।

वर्तमान सरकार स्थिर र वलियो सरकार भएकाले मुलुकमा लगानी भित्र्याउने विश्वसनिय वातावरण बनाउन लागिपरेको बताउदै यूवाहरुलाई निर्धक्क भएर तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्न मन्त्री लम्सालले आग्रह गरे । ”तुलनात्मक लाभका क्षेत्र भन्नाले कृषि, गैह्रकाष्ठजन्य बन, जडिबुटी तथा प्राकृतिक रेशाजन्य बस्तु, खनिजजन्य वस्तु (जेम्सस्टोन, महंगा पत्थरहरु), पर्यटन, बैकल्पिक तथा नवीकरणीय ऊर्जा, सूचना तथा संचार प्रविधि लगायत स–साना जलविद्युतमा आधारित उद्योगहरु पर्दछन् लम्सालले भने ।

नेपाल घरेलु तथा साना उद्योग महासघं कास्कीका अध्यक्ष महाप्रसाद शर्माले किसानहरुका कृषि उपजले बजार नपाउदाँ कृषि जन्यबस्तु खेतबारीमै कुहिँएको बताउदै उद्योगीका उत्पादित बस्तुहरुको बजारीकरण गर्ने जिम्मा सरकारले लिनुपर्ने बताएका थिए । बैशाख २४ गते सम्म सञ्चालन हुने मेलामा ५० वटा स्टल राखिएको छ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply