Sorry, that menu does not exist.
 

आवाजविहीनहरुलाई नेतृत्व तहमा पु¥याउनका लागि सिवाईसी लघुवित्त कार्यक्रम–अध्यक्ष पौडेल

सुमन जीसी, बुर्तिवाङ बागलुङ २०७५ बैशाख २२ । चारतारे युवा क्लव सिवाईसी नेपाल व्दारा सञ्चालित लघुवित्त कार्यक्रमको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठिको एघारौं दिन शुक्रवार बुर्तिवाङ शाखा अन्तर्गत आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले आवाजविहीन महिला दिदीवहीनीहरुलाई नेतृत्व तहमा पु¥याउने सिवाईसी लघुवित्त कार्यक्रमको परिकल्पना भएको बताए ।

प्रमुख अतीथि पौडेलले जतीबेलासम्म कुनै व्यक्ति नेतृत्व तहसम्म पुग्न सक्दैन त्यतीबेलासम्म उसका आवाजहरु वाहीर आउन नसक्ने बताउदै महिला दिदीवहिनीहरुलाई नेतृत्व गर्न सिकाउने पहिलो पाठशाला लघुवित्त कार्यक्रम भएको खुलासा गरे । अन्य ठाउँहरुमा जस्तो टाठावाठा र पहुँच भएको व्यक्तिहरुले मात्र नेतृत्व लिने लघुवित्त कार्यक्रममा नहुने बताउदै पौडेलले वोल्न नसक्ने, नपढेक र आफ्नो शक्ति पहिचान गर्न नसकेका महिलाहरुलाई नेतृत्व गर्न सिकाउने ठाउँ लघुवित्त कार्यक्रम मात्र भएको प्रष्ट पारे ।

कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य सीता शर्माले आर्थिक सशक्तिकरण र महिलाहरुको श्रोतमाथि पहुँच नभएसम्म सशक्तिकरणको कल्पनासम्म गर्न नसकिने बताउदै महिलाहरुको आर्थिक सशक्तिकरण र श्रोतमाथिको पहुँच बृद्धिका लागि उत्तम विकल्प भनेको लघुवित्त कार्यक्रम मात्र रहेको बताईन् ।

कार्यक्रममा सिवाईसी नेपालका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारी, शाखा स्तरीय सञ्जालका निर्देशक कमला घर्ति, शाखा स्तरीय सञ्जालका प्रवक्ता केशकुमारी बुढा, उद्यमी सदस्यहरुको तर्फवाट कमला पुन, खगीसरा पाण्डे लगाएतले मन्तव्य राखेको थिए ।

कार्यक्रममा महिलाहरुको सशक्तिकरण र आय आर्जनमा उल्लेख्य काम गरी वार्षिक केन्द्र मूल्याङ्कनवाट शाखा स्तरमा उत्कृष्ठ हुने ३ वटा केन्द्रलाई नगद सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने केन्द्रहरुमा क्रमशः चौतारी आत्मनिर्भर महिला केन्द्र भिमगिठे ६, खुसीयाली आत्मनिर्भर महिला केन्द्र शिसाखानी र भल्कोट आत्मनिर्भर महिला केन्द्र शिशाखानी, प्रथम, दृतिय र तृतीय स्थान हाँसील गरेका थिए । सोही क्रममा शाखा कार्यालय अन्तर्गत उत्कृष्ट बचतकर्ताको रुपमा केन्द्र नं. ५४ का सदस्य विष्णु रानालाई सम्मान गरिएको थियो । कार्यक्रममा स्थानीय निकायमा निर्वाचीत सिवाईसी लघुवित्त कार्यक्रममा संलग्न ४ जना सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत तथा संस्थाकोे प्रगतिको वारेमा प्रवन्धक संगिता शर्मा पौडेल, शाखा कार्यालयको प्रगतिको बारेमा शाखा प्रवन्धक दयाराम थापा र सञ्चालन शाखा संयोजक एवं संस्थाका सह सचव गण्डकी थापा अधिकारीले गरेकी थिईन् ।

यसैवीच बुर्तिवाङ स्थित रहेका सहकारी संस्थाहरु र जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको टोली विच शुक्रवार बुर्तिवाङमा अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल नेतृत्वको टोलीले बुर्तिवाङ स्थित त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लि., खुंगा ढोरपाटन बचत तथा ऋण सहकारी संस्था लि. र बुर्तिवाङ बचत तथा ऋण सहकारी संस्था लि. को कार्यालयहरुमा छुट्टा छुट्टै रुपमा भेटघाट गरेका थिए ।

त्यहाँ स्थित सहकारी संस्थाका सञ्चालक समिति, उपसमिति र कर्मचारीहरुले संघिय संरचनामा सहकारीको भूमिका के हुने ? सहकारी ऐन २०७४, सहकारी संघ संस्थाका लागि जारी सम्पत्ति शुद्धीकरण निर्देशन, सहकारी सम्वन्धि नयाँ नीति नियम र नियमावली, सञ्चालक तथा कर्मचारीहरुको तालिम लगाएतका विषयहरुमा छलफल तथा अन्तरकृया भएको थियो ।

छलफलका क्रममा नेफ्स्कूनका सञ्चालक एवम् जिल्ला बचत संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले देश संघिय संरचनामा गईसकेपछिको अहिलेको अवस्थामा सहकारी संस्थाहरु के गर्ने के नगर्ने भन्ने दुविधामा रहेको बताउदै सहकारी संस्थाका सञ्चालक समिति उपसमिति र कर्मचारीहरु जारी हुने सहकारी सम्वन्धि नयाँ नीति नियमहरुको बारेमा जानकार हुन जरुरी रहेको बताए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङका सञ्चालक गण्डकी थापा अधिकारी र उत्तमवहादुर महत लगाएथको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply