गल्कोट २०७५ बैशाख २२ । आज बिहान गल्कोट हरिचौर स्थित गलकोट मोडनाईज्ड एकेडेमीमा राते मृगले बच्चा जन्माए पछी बिद्यालय परिवार सुत्केरी मृगको स्याहार सुसारमा लागेको छ । त्यसो त राते मृगले बच्चा जन्माएको यो पहिलो चोटी होईन, एकेडेमीका शिक्षक दिनेश खत्री भन्छन्, यस अघि पनि यसले बच्चा जन्माएको थियो तर गाईको दुध खुवाउदा बढी भएर फुड प्वाईजनका कारण त्यस्को मृत्यु भएपछी अहिले हामीले माउकै दुध खुवाउने प्रयासमा छौँ ।
अहिले एकेडेमीमा राते मृगको बच्चा देखेर विद्यार्थीहरु फुरुंगै छन्, शिक्षक खत्री भन्छन कसरी यस पाठालाई सुरक्षित बचाउन सकिन्छ हाम्रो ध्यान त्यसतर्फ केन्द्रित भएको छ ।
केहि वर्ष पहिले जंगलमा आगलागि हुँदा राते मृगहरु गाउँ झेरको बेला स्थानीयहरुले समातेका थिए । त्यतिबेला एकेडेमीले एक पाठो र दुई पाठी ल्याएर पालेको थियो ।
खत्रीले दिएको जानकारी अनुसार केहि समयको अन्तरालमा एउटा पाठो र पाठी मरेकाले अहिले यहि एउटा माउमात्र रहेको छ । यसले बच्चा जन्माएपछी एकेडमी बिद्यालय परिवार खुशी छ ।