प्रेम सुनार, गुल्मी २०७५ बैशाख २२ । गए राती गुल्मी जिल्लाको दुई स्थानमा वम विष्फोट भएको छ । राती करिव साढे १० वजेको समयमा सदरमुकाम तम्घास र वलेटक्सारमा वम विष्फोट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक डाक्टरप्रसाद चौथरीले ती दुई स्थानमा वम विष्फोट भएको जानकारी दिए पनि कहाँनिर भनेर पत्ता लगाउन सकिएको छैन् । उनले वलेटक्सारको जंगल र सदरमुकाम तम्घासको खानीगाउँमाथीको जंगलमा वम विष्फोट भएको अननुमान गरिएको बताउँछन् ।
राति सदरमुकाम तम्घासमा वम विष्फोटनको ठुलो आवजले निद्रामा परेका मानिसहरु समेत जागेका थिए । आजको वन्द आव्हान गरेको विप्लप नेतृत्वको नेकपा मओवादीले गएराति साँझ सदरमुकाम तम्घासमा मशाल जुलुश गर्ने सुचना प्राप्त गरेपछि दिनैभर सुरुक्षाकर्मीको वाक्लो उपस्थिती गरिएको थियो , प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माले भने त्यसको सट्टा लुकेर ध्वाँस दिने उद्देश्यका साथ सोही पार्टीले वम विष्फोट गरेको अनुमान गरिएको बताए ।
वम विष्फोट लगत्तै सदरमुकामको सोही स्थान सेरोफेरोमा मोटर साईकलमा हिड्दै गरेको एक जनालाई नियन्त्रणमा लिईएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । आज विहानै देखि गुल्मीमा यातायातका साधन ठप्प छन् ।