Sorry, that menu does not exist.
 

सर्वाेच्चको आदेशको स्वागत गर्दै अखिल छैठौंद्धारा प्रेश विज्ञप्ती जारी !

लोकेन्द्र निरासी, बुर्तिबाङ २०७५ वैशाख २२ । उत्तरगंगा उच्च माध्यमिक विद्यालयको निमित्त प्रधानाध्यापक नियुक्ति प्रक्रिया कानुन विपरित भएको भन्दै बदर गर्न सर्वाेच्च अदालतले जारी गरेको अन्तरिम आदेशको अखिल छैठौंले स्वागत गर्दै आज एक प्रेश विज्ञप्ती जारी गरेको छ ।

शिक्षा ऐन, नियमावली विपरित ढोरपाटन नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको अधिकार क्षेत्रलाई हस्तक्षेप गरि निमित्त प्रधानाध्यापक नियुक्ति गरेको भन्दै नगरपालिकाको नाममा सर्वाेच्च अदालतले शुक्रवार उक्त अन्तरिम आदेश जारी गरेको थियो । सर्वाेच्चको सोही आदेशको अखिल छैठौंले प्रेश विज्ञप्ती जारी गरी स्वागत गरेको हो ।

अखिल छैठौं बागलुङका जिल्ला अध्यक्ष शिवलाल चालिसेद्धारा हस्ताक्षेरित उक्त विज्ञप्तीमा भनिएको छ—“उत्तरगंगा मा.वि.को नि.प्र.अ. नियुक्तिका लागि ढोरपाटन नगरपालिकाले गरेको निर्णयलाई बदर हुने गरि सर्वाेच्च अदालतले गरेको निर्णयको स्वागत गर्दछौं साथै विधिको शासन स्थापना गर्न र न्यायका लागि मुद्धा दायर गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई धन्यवाद दिन चाहान्छौं” विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा यसभन्दा पहिला पनि निप्रअ नियुक्ति प्रक्रिया कानुन विपरीत र गलत भएको भन्दै संगठनले त्यतिबेला नै विज्ञप्ती जारी गरेकाले नगरपालिकाले यस खालका आफू खुसी राजनीतिक निर्णय गरि शैक्षिक क्षेत्रमा ठाडो हस्तक्षेप गर्न नहुने कुरा उल्लेख गरिएको छ ।

ढोरपाटन नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका विद्यालयहरुको आर्थिक, भौतिक, शैक्षिक अवस्था लगायत शैक्षिक दक्ष जनशक्ति तथा स्रोत र साधनको पूर्व अध्ययन नै नगरि गुणस्तरीय शिक्षाको नाममा सबै विद्यालयमा अनिवार्य अग्रेजी माध्यमबाट पढाइ गरिनु पर्ने र नगरे शिक्षक कर्मचारीको तलबभत्ता रोक्ने जस्ता नगर प्रमुखका गलत अभिव्यक्ति र निर्णयको विरोध समेत गरिएको छ । भाषा गुणस्तरीय शिक्षाको मापन नभएर माध्यम मात्र हुने भएकाले गुणस्तरीय शिक्षाको व्यवस्था गर्न विज्ञप्तीमा माग समेत गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply