Sorry, that menu does not exist.
 

बैदेशिक रोजगारीले निम्त्याएको पीडा : छोरा/छोरी सहित श्रीमती अर्कैसँग हिडेपछि दर्जीको बिचल्ली !

नरेन्द्र ढकालर/भरत शिवाकोटी, झापा २०७५ बैशाख २५ । आफ्नो परिवारलाई सुखले पाल्ने र छोराछोरीलाई राम्रो शिक्षा दिने सपना बोकेर झापाको शिवसताक्षी नगरपालिका–४ विश्वडुब्बाका गंगाबहादुर दर्जी ११ वर्ष अघि विदेशीए । कतार र साउदी अरबमा ड्राइभरको रुपमा काम गरेर गंगाबहादुरले मासिक ९० हजार रुपैंया सम्म रकम कमाउन सके तर अहिले न त ११ वर्षसम्म आफुले दुःख गरेर जोडेको सम्पत्ति छ, न त छोरा छोरी नै, न श्रीमती । अहिले उनी एक्लो बेसाहारा र पीडित समेत बनेका छन् ।

१५ वर्ष अघि धुमधामका साथ बिवाह गरेर भित्रियाएकी श्रीमतीले आफुलाई छाडेर जालीन भन्ने गंगा बहादुरले कल्पना समेत गरेका थिएनन् । तर १४ वर्षको छोरा रोनिस र ९ वर्षिया छोरी रितिका सहित श्रीमती सर्मिला दर्जी अर्कै केटा सँग टाप कसेपछि गंगाको बिच्लली भएको छ । पीडित गंगाले भने–आमा दमकी बिरामी छिन्, बुबा पनि वृद्ध अवस्थामा रहेका छन् । ब्यवहार राम्रै चल्दै थियो छोराछोरी र सासु(ससुराको हेरचाहा गरेर बसेकी श्रीमतीले भात खाने थालपनि लिएर हिडेपछि आज १५ वर्ष अघि जुन र जस्तो अवस्थामा थिए त्यस्तै भएँ ।

गत वर्षको माघ–१९ गते छोरा(छोरी, सारा सम्पत्ति सहित श्रीमती वेपत्ता बनेपछि फागुन–२२ गते साउदी अरब बाट नेपाल आइपुगेका गंगा बहादुरले प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधि समक्ष समेत हारगुहार गरिसकेका छन् । आफु एक्लो छोरा त्यो पनि सारा सम्पत्ति लिएर श्रीमती हिँडेपछि वृद्धवृद्धा अवस्थामा रहेका बुबा(आमालाई के भनेर सम्झाउने अनि अब के गर्ने भन्ने पिडामा सबै तिर भौतारि रहेका छन् उनी ।

दमक नगरपालिका अन्तर्गत खरखरे नजिकै रहेको साढे ८ धुरको घडेरी, १४ लाख ५० हजार नगद, आठ तोला सुन, आठ थान झर्के थाल, ब्ल्याङकेट, गंगा बहादुरको नागरिकता, लाइसेन्स लगायतका घरमा रहेका स–साना सामानहरु र आफ्ना नानीहरु समेत श्रीमतीले साथमा नै लगेको भन्दै गंगा गहभरी आँशु पार्दै भक्कानिए र भने, मलाई न्याय दिलाइदिन पहल गरिदिनुहोस । आमा–बुबा, श्रीमतीलाई सुखले पाल्ने र छोराछोरीलाई राम्रो शिक्षा दिने सपना सपनामा नै सीमित भएको गंगाले बताए । विदेशमा हुदाँ नै किनेको जग्गा श्रीमतीकै नाममा पास गराएको त्यो पनि बेचेर अर्कैसँग हिँडेपछि सबै सकिएको उनको भनाई छ ।

सबै सम्पती सहित बेपत्ता बनेकी श्रीमतीका विषयमा ससुरालीमा बुझ्दा एक महिना भित्रमा छोरी ल्याउने इलाका प्रहरी कार्यालय झिलझिले समक्ष कबुल गरेका सासु ससुराले छोरी बुटवलमा रहेको भन्दै खोज्ने बहाना बनाएका र थप केहि दिनमा नै खोजेर ल्याउने भनेपनि अहिले घरमा नै ताला लगाएर सासु(ससुरा नै सम्पर्क बिहिन बनेको जनाइएको छ । घरमा रहेका कुखुराहरु घरमै मरेको थाहा पाएपछि प्रहरी सहित स्थानीयको रोहबरमा मरेका वस्तुहरु खाल्डो खनेर गाडेको प्रहरीको भनाई छ । बाबु(आमा नै बेपत्ता भएपछी छोरी भगाउन उनीहरुको संलग्नता रहेको भन्ने पुष्टि भएको प्रहरीको भनाई छ ।
विगतमा उनीहरुले प्रयोग गरेका मोबाइल नम्बरहरु समेत अफ गरेका कारण कतै पत्ता लगाउन नसकिएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ भने पिडित गंगा बहादुरले आफ्नी श्रीमती लैजाने शंकास्पद व्याक्तिको बारेमा संकलित सुचनाहरु समेत प्रहरीलाई जानकारी गराएको र उनीहरु धेरै टाढा नगएको अनुमानका आधारमा प्रहरीले आवश्यक संयन्त्र प्रयोग गरे बेपत्ता भएका ५ व्याक्तिहरु मध्ये कोहि न कोहि पक्राऊ गर्न सकिने बताउँछन । यसैबीच गंगाको विषयलाई आफुहरुले गम्भिर रुपमा लिएको र सबै संयन्त्र प्रयोग गरेर भएपनि उनलाई न्याय दिलाउने शिवसताक्षी नगरपालिकाकी उपमेयर एवं न्यायीक छानबिन समितिकी प्रमुख भोजकुमारी नेपालले बताएकी छन् ।

न्यायपालीकामा हालसम्म २०–२५ वटा उजुरी परेको र केहीको फैसला समेत भएको र अन्यको क्रमिक रुपमा फैसला गर्दै जाने भन्दै गंगा बहादुर माथि निकै ठूलो पुरुष हिंसा भएको नेपालको भनाई छ । उपमेयर नेपालले गंगाको विषयलाई प्राथमिकता दिने समेत आश्वासन दिएकी छन् ।

त्यस्तै इलाका प्रहरी कार्यालय झिलझिलेमा गत फागुन–१ गतेबाट वैशाख–२४ गतेसम्मको अवधिमा १९ वटा मानिस हराएको निवेदन परेको जनाइएको छ । जसमा १२ महिला र ७ पुरुष रहेका छन् । हराएका मध्ये ५ जना मात्र फेला परेको भन्दै प्रहरीले हराउनेको संख्या अधिक रहेको जनाएको छ । अधिकाशं हराएका महिलाहरुमा श्रीमान विदेश गएका महिलाहरु रहेको स्रोतले उल्लेख गरेको छ ।

साउदीबाट छुट्टीमा आएका गंगाको काममा र्फकिने बेला भइसकेको छ । हाल उनी श्रीमती,छोराछोरी र सासु(ससुरा तथा श्रीमती लैजाने शंकास्पद केटाको फोटो बोकेर खोजबिनमा भौतारिरहेका छन् । उनले आफ्ना छोरा(छोरी र आफ्नो सम्पत्ती फिर्ता दिए हुने भन्दै अब वृद्धवृद्धा अवस्थामा रहेका आमा–बुबालाई के गर्ने भन्ने चिन्ताले उनी थप पिँडामा रहेका छन् । विदेश नजाँदा पनि सबै सम्पत्ति सकिएपछि विदेश नजानुको विकल्प नै नभएको गंगाले गुनासो गरे । आफु अन्यायमा परेको हुँदा आफ्नो मार्कालाई बुझेर बेपत्ता रहेका व्याक्तिहरु खोजी गर्न र काहीकतै कसैले देख्नुभएमा नजिकको प्रहरी कार्यालयलाई खबर गरि सहयोग गरिदिन समेत उनले आम समुदाय सँग अपिल समेत गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply