Sorry, that menu does not exist.
 

प्रवास : चापाकोट एकता समाज युएईले मृगौला पीडितलाई आर्थिक सहयोग !

प्रकाश ढकाल, युएई २०७५ बैशाख २७ ।स्याङ्जाको चापाकोट नगरपालिका देखि रोजगारीका लागि यूएई पुगेका युवाहरुको सामाजिक सँस्था चापाकोट एकता समाज युएईले मिर्गौला पीडितलाई नेपाली रु। ५८ हजार २ सय ४० रुपैयाँ प्रदान गरेको छ ।

चापाकोट नगर पालिका ७ बङ्ग्रादी घर भएका मिर्गौला पीडित ४४ वार्षिय कमल गुरुङलाई उनको आफ्नै घरमा पुगि सहयोग रकम प्रदान गरिएको हो ।

२ छोरा, १ छोरी ,र श्रीमती सहितको परिवारमा रहेका पीडित कमल गुरुङ लाई प्रेसर बढिरहने , टाउको दुख्ने लगायतका रोगले सताउदै आएको र गत माघमा रोगको चेक जाच गर्दा दुबै मिर्गौला फेल भएको डाक्टरले पुष्टि गरेपछि उनलाई पोखराको चरक हस्पिटलमा डायलाइसीसमा राखी उपचार गराउदै रहेको कुरा परिवार स्रोतले बतायो ।

गुरुङलाई मिर्गौलाको समस्या आएको र आर्थिक अबस्था निकै कमजोर भएको जानकारी पाएपछी चापाकोट एकाता समाज युएई ले सबैलाई सहयोगको लागि अनुरोध गरेको थियो ।
समाजले गरेको अनुरोध अनुसार युएईमा रहेका चापाकोट बासी तथा अन्य नेपाली दाजुभाई हरुले पनि सहयोग गरेका थिए ।

युएईबासी चापाकोट एकता समाजको सँयोजकत्वमा उठेको रकममा दलित महिला सशक्तीकरण सञ्जाल चापाकोटले तुरुन्तै २,२६० रुपैयाँ उठाई पीडितलाइ ६०,५०० रुपैया उपचारको लागी दिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply