घनश्याम गौतम, गल्कोट २०७५ बैशाख २८ । गल्कोट नगरपालिकाका विभिन्न वडाहरुमा सार्वजनिक सुनुवाई कार्यक्रम जारी रहेको छ । गल्कोट नगरपालिकाको आर्थिक सहयोग र सामुदायिक रेडियो गल्कोट एफ.एमको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रमहरु भैरहेका छन् । आज शुक्रबार गल्कोट नगरपालिका १० पाण्डवखानीमा वडास्तरीय सार्वजनिक सुनवाई हुन गैरहेको छ ।
हिँजो बिहीबार गल्कोट नगरपालिका ८ काडेबासमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बित्तिय यब्यवस्थापन सुसासन र पार्दशिताकालागी आयोजना गरिएको कार्यक्रममा स्थानिय आत्मराम शर्मा, घनश्याम चालिसे, कृष्ण प्रसमद गौतम, मणिभद्र चालिसे, पुष्पराज रानाभाट, रिता पौडेल, डिल बहादुर बुढाथोकी, रघुनाथ गौतम भिम सेरचन, पुर्णब हादुर सुनार, छबिलाल गौतम, हरिचालीसे एबिसि लगाएतले आआफ्नो जिज्ञासा, बिचार तथा गुनासो ब्यक्त गरेका थिए ।
कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासालाई वडा अध्यक्ष रामप्रसाद कडेल,वडा सदस्य घनश्याम चालिसे, पुर्ण बहादुर सुनार, मनकुमारी सुनार लगायतले सहजिकरण गरेका थिए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले अन्य वडाहरुमा जस्तै बजेट अनुसार स्टिमेट नभएको, शिक्षाको बिषयमा वाडभित्र छलफल तथा समन्वय हुनुपर्ने, सवास्थय चौकीको ब्यबस्थापन पारदर्शी नभएको, सशक्तिकरण कार्यक्रमहरु नभएको, पर्यटनका क्षेत्रको लागी बिनियोजित बजेट अनुरुप समयमै काम सञ्चालन नभएको, बडा कार्यालयमा कर्मचारीको उपस्थीति न्युन रहेको, मोटरबाटोको बिस्तार तथा मर्मत कार्य ब्यबस्थापनमा समस्या भएको, बिद्युतको ब्यबस्थापनमा समस्या भएको कृषिका बिउबिजन बितरण तथा कृषकहरुलाई कृषिको बारेमा सहजिकरण नभएको लगायतका जिज्ञासा तथा बिचार ब्यक्त गरेका थिए ।
कार्यक्रमको सहजिकरण गर्दै वाड अध्यक्ष कडेलले वाड भित्रको खानेपानी, पर्यटन शिक्षा, स्वास्थ, मोटरबाटो लगायतलाई प्राथमिकताका साथ राखेर काम गर्ने, सबै राजनैतिक दल संग सहकार्य गरि कार्य प्रारम्भ गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रमको उदेश्य माथी गलकोट सुचना तथा सञ्चार सहकारी सस्था लिमिटेडका सदस्य ढालेन्द्र प्रसाद गौतमले जनाकारी गराएका थिए । । गल्कोट नगरपालिका ८ काडेबासमा कुल १ करोड ४८ लाख बराबरको बजेट अनुरुप २६ ओटा योजनाका कार्यक्रम सञ्चालन भएको तथा बडा कार्यलयमा अहिले सम्म ३ लाख ५६ ह्जार राजश्ब संकलन भएको जानकारी गराइएकेमा थियो ।
सो अवसरमा जनप्रतिनिधिहरुले गल्कोट नगरपालिका ८ लाई समृद्ध बनाउनकालागी योजना छनोट गरि प्राथमिकिकरणका आधारमा काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रम गलकोट सुचना तथा सञ्चार सहकारी सस्था लिमिटेडका सदस्य ढालेन्द्र प्रसाद गौतमको अध्यक्षता, सामाजिक परिचालिका अनिता कडेलको स्वागत मन्तब्य, पत्रकार घनश्याम गौतम र सरिता खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।