बुर्तिवाङ, २०७५ बैशाख २८ । ढोरपाटन नगरपालिका १ बुर्तिवाङ स्थित उत्तरगंगा माबिका निमित्त प्रधानाध्यापक निमबहादुर जीसी (नविन)लाई राजनीतिक पूर्वाग्रहका आधारमा बलात् हटाई ढोरपाटन नगरपालिकाले गैह्रकानूनी ढंगले शिक्षक ईश्वरी प्रसाद पौडेललाई निमित्त प्रधानाध्यापकमा नियुक्ती गरेपछी चुलिएको बिबाद सर्बोच्च अदालतबाट यहि बैशाख १६ गते ढोरपाटन नगरपालिकाले दिएको नियुक्ती बदर गर्ने आदेश भएपछी पनि साम्य भएको छैन ।
केहि दिन पहिले सर्वोच्चको आदेश लिएर विद्यालय पुगेका व्यवस्थापन समितिका अध्यक्ष चुडाबहादुर कुँवर र शिक्षक पौडेलबीच हात हालाहाल भएको थियो । सर्वोच्च अदालतको आदेश जारी भएको दुई हप्ता पुग्न लाग्दा सम्म शिक्षक पौडेलले जिम्मेवारी बाट हट्न अटेर गरिरहेपछी बिबादले उग्ररुप लिने संभावना बढेको स्थानीयको आशंका छ ।
सर्वोच्च अदालतको आदेशको कार्यान्वयन नभएको भन्दै शुक्रवार नेपाल शिक्षक संघ ढोरपाटन नगर समिति र अखिल नेपाल शिक्षक संघ नगर समितिले संयुक्त विज्ञप्ती प्रकाशित गर्दै सर्वोच्च अदालतको आदेश तत्काल कार्यान्वय हुन माग गर्दै अन्यथा चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । बिज्ञप्तीमा नगरपालिकाले आफु खुसी कानून बनाएर शिक्षक नियुक्ती सरुवा गरी राजनीतिक भर्तिकेन्द्र बनाएकोमा समेत आपत्ती जनाईएको छ ।
ढोरपाटन नगरपालिकाले सम्मानित सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सहयोगी भूमिका निर्बाह गर्नुपर्ने नगरबासीको सुझाव रहेको छ ।
उत्तरगंगा माबिमा माओवादी समर्थित बिव्यसले राजनीतिक बिबादको विजारोपण गर्दै झण्डै दश वर्ष पहिले प्रधानाध्यापक धनबहादुर कुँवरलाई हटाएर शिक्षक ईश्वरी प्रसाद पौडेललाई प्रअमा नियुक्ती दिईएपछी सुरु भएको किचलोले विद्यालयमा पठनपाठन प्रभावित हुँदै आएको छ । तत्कालीन प्रअ कुवँर पनि सर्वोच्च अदालतको आदेश बाटै प्रअ पदमा पुनर्बहाली भएका थिए । उत्तरगंगा माबि भित्रको बिबादको जडको रुपमा शिक्षक पौडेल रहेको निसीभूजी क्षेत्रकै धारणा रहेको छ । स्मरणीय छ, शिक्षक पौडेल केहि दिन पहिले आफ्नो पुरानो पार्टी निकट शिक्षक संठगन परित्याग गरी निमित्त प्रअ नियुक्ती भएको लगत्तै एमाले निकट शिक्षक संगठनमा प्रवेश गरेका थिए ।
यो पनि पढौँ
ईश्वरी पौडेललाई प्रअ नियुक्ति गर्ने ढोनपाको निर्णयले उत्तरगंगा माविमा विवाद चुलियो !
ढोरपाटन नगरपालिकाले शिक्षक ईश्वरी पौडेललाई दिएको निप्रअको नियुक्ती सर्बोच्चबाट बदर !
हेरौँ विज्ञप्तीको पूर्ण पाठ –
(