राम सुवेदी, पोखरा, २०७५ बैशाख २८ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले पोखरामा आयोजित राष्ट्रिय जनमोर्चा निकट युवा संगठन अखिल नेपाल युवक संघको सातौ राष्ट्रिय सम्मेलन उदघाटन गर्दै देशमा संघीयता देखौली स्वरुप भएको बताए ।
पोखरा पुग्नुभएका केसीले, ‘संघीयता नेपालको राजनीतिको प्रजातान्त्रिक तथा कम्युनिष्ट आन्दोलनको इतिहासमा कहिल्यै एजेण्डा नबनेको उल्लखे गर्दै, पश्चिमा साम्राज्यवादी र छिमेकी देश भारतको विस्तारवादी नीति र योजना अनुसार नेपालको अन्तरीम संविधानलाई संशोधन गरी संघीयता प्रवेश गराईको हुँदा यो देखौली स्वरुप भएको स्पष्ट पारे ।
संघियता देशका लागि धोका सावित हुने दावी गर्दै, केसीले, ‘नेपाललाई सिक्किमीकरण र भुटानीकरणको नीतिसँग संघीयता जोडिएर बहुराष्ट्रवाद, मधेशवाद, क्षेत्रीयतावाद, साम्प्रदायिकता, जातिवाद, आत्मनिर्णयको अधिकार, जातीय अग्राधिकार, एक मधेश एक प्रदेश जस्ता घातक र अवाञ्छित मुद्दाहरुले नेपालको राजनीतिमा प्रवेश पाएको बताए ।’
उनले देशको विषम परिस्थितिमा युवा शक्ति एकजुट भएर राष्ट्रियताको पक्षमा निर्धक्क उभिन र देश र जनताको हितको पक्षमा निरन्तर संघर्षरत रहन युवाहरुलाई आग्रह गरे ।
राष्ट्रिय स्वाधिनताको लागि आमूल परिवर्तन, युवा अधिकार र जनतन्त्रको पक्षमा सातौं राष्ट्रिय सम्मेलन भन्ने नारासहित पोखरा चिप्लेढँगाबाट सुरुभएको ¥यालीले पृथ्वीचोक हुँदै नयाँबजार बाट सभागृह हलमा पुगि उदघाटन सत्रमा परिणत भएको थियो ।
राष्ट्रिय सम्मेलन उदघाटन कार्यक्रममा राष्ट्रिय जनमोर्चा निकट विभिन्न भातृसंगठनका केन्द्रिय अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । सम्मेलनमा देशभरमा सबै जिल्लाबाट प्रतिनिधि प्रर्यवेक्षकहरु कार्यक्रम स्थलमा आइपुगेको र भोलि विहान ८ वजेबाट तमु समाजको हलमा बन्दशत्र सहितको कार्यक्रम हुने बताइएको छ । सम्मेलनले नयाँ कार्य समिति समेत चयन गर्ने बताइएको छ ।
संघीयता देखौली स्वरुप भएकोले देशका लागि धोका सावित हुने राजमो अध्यक्ष केसीको दावी !
२०७५ बैशाख २८, शुक्रबार १८:५३
Home Slider, Top News, प्रमुख समाचार
Related Posts
२०७७ कार्तिक २०, बिहीबार ०८:१५
पर्यटन व्यवसायीको रक्षाका लागि प्रदेश सरकार सधैँ कटिबद्ध छः मन्त्री लम्साल
२०७७ कार्तिक १७, सोमबार १७:५४