तन्मती रोका, बागलुङ २०७५ बैशाख २८ । जिल्ला बाल सञ्जालको आयोजना तथा बागलुङ नगरपालिकाको आर्थिक सहयोगमा बाल अधिकार र लागू औषध दुव्र्यसन सम्बन्धी जानकारी गराउने उद्देश्यले बागलुङ बजारमा शुक्रबार बाल अधिकार सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न भएको छ
।
कार्यक्रममा बाल कल्याण अधिकारी डिलकुमारी शर्माले बाल अधिकार सम्बन्धी बनेका विभिन्न ऐन, कानुन, बाल अधिकार लगायतका विषयमा सहजिकरण गरेकी थिईन् ।
नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष विजय रानाले लागु औषध दुव्र्यसन, त्यसले बालबालिकामा पार्ने प्रभाव तथा त्यसको रोकथामका उपाय लगायतका विषयमा सहजिकरण गरेका थिए ।
कार्यक्रममा सहभागी मनिषा बराईली र सुमन किसानले सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका थिए ।
उनीहरुले सिकेका कुरा व्यवहारमा लागु नगर्दा सिकाइको कुनै अर्थ नहुने बताउँदै बाल अधिकार र बालबालिकालाई लागुपदार्थ दुव्र्यसनबाट बचाउनको लागि आफुहरु अभियान नै सञ्चालन गर्ने योजना बनाएको बताएका थिए ।
उद्घाटन कार्यक्रममा वडा न. ३ का अध्यक्ष लक्ष्मी बासकोटाले बालबालिकालाई दुव्र्यसनबाट बचाउनको लागि अभिभावकले ख्याल गर्नु पर्नेमा जोड दिएकी थिईन् ।
जिल्ला बाल सञ्जालका अध्यक्ष गोविन्द गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंन्तव्य उपाध्यक्ष देवी सापकोटा र सञ्चालन सचिव सन्देश रिजालले गरेका थिए ।