झरना कँडेल, बुर्तिवाङ २०७५ बैशाख २९ । ढोरपाटन नगरपालिकाको आयोजनामा शुक्रबार देखी बुर्तिबाङमा सुरु भएको बिद्यालय सुधार सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै नगरप्रमुख देवकुमार नेपालीले स्थानीय सरकारले गलत काम गरे नगरबासीले झक्झकाउनुपर्ने र सहि काम गरेमा सहर्ष स्वीकार गर्नुपर्ने बताए ।
आफुले ब्यक्तीगत स्वार्थभन्दा पर रहि नगरबासीको हितमा रहि काम गरिरहेको उल्लेख गर्दै नेपालीले शिक्षा क्षेत्रमा अंग्रेजी माध्यम , कम्प्युटर माध्यम र अन्य राम्रा पक्षहरु अपनाएर गुणस्तर बृद्धी गर्नुपर्ने बताए । हरेक बस्तीबाट पढ्न वा बच्चा पढाउनका निम्ती सर्वाधिक रुपमा अन्तै पलायन भैरहेकाले गाउँमा जनशक्ती नहुदा कृषी क्षेत्रमा समेत असर परेको नगरप्रमुख नेपालीको भनाई थियो ।
नगर प्रमुख नेपालीले शिक्षाको गुणस्तरमा बृद्धी गर्नसके सबै सम्स्याको समाधान हुने बताउदै नेपालीले सम्पुर्ण बिद्यालयका प्रअ तथा बिद्यँलय ब्यबस्थापन समितीका अध्यक्ष तथा पदाधीकारीहरुलाई शिक्षाको गुणस्तरीयतामा जोड दिन आग्रह गरे । उनले बिद्यालय हाता भित्र राजनीती गरी विद्यार्थीको भबिष्यमा खेलवाड गर्न नदिने पनि बताए ।
ढोरपाटन नगरपालीका भित्रका सम्पुर्ण सामुदायीक तथा संस्थागत बिद्यालयका प्रअ तथा बिद्यालय ब्यबस्थापन समितीका अध्यक्षहरुको सहभागिता रहेको कार्यशालामा बिद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धीमा चुनौती र तिनका समाधान तथा बिद्यालयलाई कसरी सुधार गर्ने भन्ने योजना बनाउने र त्यो योजनालाई तन्कालै कार्यान्वयन गर्ने वातावरण सिर्जना गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेले बताए ।
उत्तरगंगा माध्यमिक बिद्यालयका श्रोत ब्यक्ती हरिचन पाण्डेको अध्यक्षतामा सुरु भएको कार्यक्रममा ढोरपाटन नगरपालीकाका उपप्रमुुुुख करमती पुन मगर, वडा नं ५ का वडाध्यक्ष लक्ष्मण पुन , ६ का अध्यक्ष जीवन कुमार पुन , ७ का अध्यक्ष तथा नगर प्रबक्ता दिपक थापा , शाखा अधिकृत रामप्रसाद आचार्य , बिभिन्न बिद्यालयका शिक्षक , बिद्यालय ब्यबस्थापन समितीका अध्यहरु शिक्षाप्रेमी लगायतको सहभागिता रहेको थियो ।
आज समापन हुने सो कार्यशाला गोष्ठीको सहजिकरण निमीत्त प्रमुख प्रशासकीय अधिकृत पोखरेलले गरिरहेका छन् ।