सुरेश छन्त्याल, पाण्डबखानी २०७५ वैशाख २९ । हामी सबैको एउटै रहर पुर्ण सरसफाइ युक्त गाउँ शहर भन्ने मुल नाराका साथ आज देखि गलकोट नगरपालिका१० पाण्डबखानीमा सुरु भएको वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका लागि पुर्ण सरसफाइ सम्बन्धि दुई दिने अभिमुखि तालिममा सुरु भएको छ ।
पश्चिम नेपाल ग्रामीण खाने पानी तथा सरसफाइ अभियान र गलकोट नगरपालिका कार्यालयको आयोजना भएको कार्यक्रममा वडा नम्बर १० का अध्यध्य तिलक घर्तीको सभापतित्वमा गौमाया विकको स्वागत संगै परिचालिका प्रार्वती श्रीसको संञ्चालन रहेको थियो ।
कार्यक्रममा पश्चिम नेपाल ग्रामीण खाने पानी तथा सरसफाइ वासका नगर संयोजक दुर्गा छन्त्याल र कमला चालिसेले सहजिकरण गरेका थिए । कार्यक्रममा हात धुने तरिका,चर्पी कसरी प्रयोग गर्ने,सुरक्षित खाना पानी र हात धुने महत्त्वबारे जानकारी दिएका थिए ।