Sorry, that menu does not exist.
 

भिमगीठे-२ सुरकुडेमा घरघरमा खानेपानी पुग्ने भएपछि स्थानीयवासी हर्षित !

राम सुवेदी / बुर्तिबाङ २०७३ फागुन ९ । भिङगीठे गाउँ विकास समितिको वडा नं. २ सुरकुडेमा खानेपानी पु¥याईने भएपछि स्थानीय जनता हर्षित भएकाछन् । भिमगीठेकै उच्च पहाडी क्षेत्रमा वसोवास गर्ने माथिल्लो सुरकुडेका जनता अहिलेपनि १ घण्टाको लामो बाटो हिडेर एक गाग्रो पानीको जोहो गर्न बाध्य छन् ।

स्थानीयस्तरमा रहेको पोखरीलाई समेत खानेपानीको स्रोत बनाएका सुरकुडेबासीलाई उक्त पोखरी भासिएपछि थप समस्या भएको सुरकुडे खानेपानी समितिका सदस्य टेकबहादुर थापाको भनाई छ ।

अहिले खोनेपानी तथा सरसफाई डिभिजन कार्यालयको आर्थिक सहयोगमा त्यहाँका ४५ घरधुरीलाई लक्षित गरि खानेपानी आयोजना सुरुभएको छ । जिल्ला विकास समिति मातहतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट आर्थिक वर्ष २०७०÷०७१ तथा ०७१÷०७२ बाट विनियोजन भएको २४ लाख ९३ हजारको लागतमा उक्त खानेपानी आयोजना निर्माण हुँदैछ ।

रणसिंहकिटेनी गाउँ विकास समिति वडा नं. ३ को घोरघोरे स्थित भोटेपिपलबाट १३ किलोमिटरको दुरीमा खानेपानीको मेनलाईनमा अहिले पानी लगिएको खानेपानी समितिका अध्यक्ष नरमायाँ थापाले बताउनुभएको छ । त्यस स्थानमा दुईवटा १०/१० हजार लिटरका ट्याँकी निर्माण पछि उपल्लो सुरकु्डे र पाखल्दीका जनतालाई खानेपानीको समस्या समाधान हुने अध्यक्ष थापाले बताए ।

अहिले पाखल्दी भन्ने स्थानसम्म पानी पुगेपछि त्यहाँका स्थानीयहरु हर्षित भएका छन् । आगामी वर्षको वजेटमार्फत ४ सय मिटरको उचाईमा रहेको उपल्लो सुरकुडेमा सोलार लिफ्टीङ सिस्टमबाट खानेपानी पु¥याईने समितिका सदस्य टेकबहादुर थापाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply