दिनेश शर्मा, गल्कोट २०७५ बैशाख ३० । नयाँ वर्ष २०७५ सालको पहिलो दिन देखी गल्कोट नगरपालिका वडा नं ११ रिघामा तीन महिने सिपमूलक ढाका बुनाई तालिम सुरु भएपछी गल्कोट नगरपालिकाका अन्य वडाहरु र छिमेकी गाउपालिकाहरुमा यस तालिमप्रति आकर्षण बढेको छ ।
गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम ९ःभमउब०को आयोजना गल्कोट नगरपालिका वडा न ११ को वडा कार्यपालिकाको सम्योजन र संगम तालिम तथा परामर्श केन्द्र बागलुङ, ,घरेलु तथा साना उधोग बिकास समितिको कार्यलय बागलुङ, लघुउद्द्यम बिकास कार्यक्रम (Medpa) पोखराको सहयोगमा सन्चालित तीन महिने तालिम सुरु गरिएको जानकारी दिँदै गल्कोट नगरपालिका ११ का वडाध्यक्ष डम्बर श्रीसले तालिमलाई लिएर छिमेकी वडा र गाउपालिकाहरुले यसबारे निकै जिज्ञासा राखेको इबाग्लुङलाई बताए ।
तालिममा बुनेको मफलर पहिरिएका वडाध्यक्ष श्रीस ।
नेपालमा बिदेशी कपडाहरुको माग र बजार बढ्दै गइरहेको समयमा त्यसलाइ केहीहद सम्म भएपनी कम गर्न यस सिपमुलक ढाका बुनाइ तालिम सहयोगी हुने वडाध्यक्ष श्रीसको धारणा छ ।
आगामी असार ३१ गते सम्म सन्चालन हुने सो तालिममामो संयोजनकर्तारुपमा सरिता पौडेल रहेकीछन् भने मुख्य प्रशिक्षकको रुपमा हरिकला बराल रहेकी छन्। उक्त तालिममा रिघा का १६ जना महिला हरुको सहभागिता रहेको छ । उनिहरुले तान लगाइ ढाकाको मफलर, सल ,ढाका टोपी, रुमाल, लुङ्गी र साडी तयार गर्न सिकिरहेका छ्न । तालिम पूर्ण रुपमा निशुल्क रहेको र खाजाको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् ।