Sorry, that menu does not exist.
 

बुर्तिबाङमा शहीद भुमिराज सापकोटाको २८ औं स्मृति दिवस सम्पन्न

सुमन सुनार बुर्तिवाङ २०७५ बैशाख ३१ । बैशाख ३० गते, शहिद भुमिराज सापकोटाको २८ औं स्मृति दिवस ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा मनाईएको छ । राष्ट्रिय जनमोर्चा निकट अखिल (छैठौँ) ढोरपाटन नगर समितिले उत्तरगंगा माध्यमिक विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरि शहिद भुमिराज सापकोटा स्मृति दिवस मनाएको हो । शहिद सापकोटाको सम्झनामा गरिएको १ मिनेटको मौनधारण पछि फोटोमा माल्यार्पण गरिएको थियो ।
अखिल (छैठौँ) ढोरपाटन नगर समितिका अध्यक्ष ईन्द्र कुवँरको अध्यक्षता रहेको कार्यक्रममा अखिल (छैठौँ) बागलुङका जिल्ला अध्यक्ष शिव चालिसेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चालिसेले २८ बर्ष अगाडि सामाजिक न्यायका लागी आफ्नो ज्यान आहुती दिएका शहिद भुमिराज सापकोटाको सपना अझै पुरा हुन नसकेको बताउदै उनको सपना पुरा गर्नका लागी सामाजीक न्याय र समानताका लागी सचेत विद्यार्थीहरु उनले देखाएको बाटोमा लाग्न आवश्यक रहेको बताए ।

यस्तै कार्यक्रममा शिक्षकहरुका तर्फबाट उत्तर गंगा माध्यमिक विद्यालयका शिक्षक लोकेन्द्र सुनार, सोहि विद्यालयका पुर्व प्रधानाध्यापक धन बहादुर कुँवर, ढोरपाटन नगरपालिकाका प्रबक्ता दिपक थापा र पुर्व विद्यार्थी तथा राष्ट्रिय जनमोर्चाका नेता गौरीस्वर पाण्डेले समेत बोलेका थिए ।

कार्यक्रममा खखिल (छैठौ) बाग्लुङका जिल्ला सचिव गीता सापकोटाको समेत आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन अखिल (छैठौँ) ढोरपाटन नगर समितिकी उपाध्यक्ष लक्ष्मी अर्गेजाले गरेकी थिईन् ।

विक्रम सम्वत २०४६ सालको प्रजातान्त्रीक अधिकार प्राप्ती पश्चात पञ्चायतकालमा लगातार भएको निर्दोष जनता र विद्यार्थीहरुलाई झुटो मद्दामा फसाउने, यातना दिने, भ्रष्टाचार जस्ता त्यसप्रकारका क्रियाकलाप विरुद्ध तथा गाँउ–गाँउमा राजा, कांग्रेस र बाममोर्चा विच भएको त्रिपक्षिय सम्झौताको विरोद्ध गर्दै तत्कालीन युवा विद्यार्थीहरु र राजनैतिक पार्टीको नेतृत्वमा चर्को आन्दोलन भएको थियो । यसैविच अखिल(छैठौ) र स्थानिय जनताको अग्रसरतामा जिल्लाको बुर्तिबाङमा भएको आन्दोलनमा २०४७ साल बैशाख ३० गतेका दिन प्रहरीले चलाएको गोली लागेर विद्यार्थी नेता भुमिराज सापकोटाको निधन भएको थियो ।

आन्दोलनका क्रममा ईलाका प्रहरी कार्यालय बुर्तिबाङका तत्कालीन ईन्चार्ज धर्म बहादुर गुरुङलाई कालो मोसो लगाएर भ्रष्ट अपराधीलाई कारबाहीको माग गर्दै विभिन्न नारा लगाउँदै बुर्तिबाङ बजार परिक्रमा गरिएको थियो । बजार परिक्रमा पछि ईन्चार्ज गुरुङको आदेशमा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा गोली लागेर साविक अधिकारीचौर गाउँविकास समिति चौर निवासी सापकोटाको घटना स्थलमा नै निधन भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply