Sorry, that menu does not exist.
 

पत्रकार महासंघमा सदस्य निर्वाचित कँडेललाई रेडियो बुर्तिबाङद्वारा बधाई ज्ञापन !

टिकाराम भट्टराई, बुर्तिबाङ २०७३ फागुन ९ । कर्मभुमि कम्युनिकशन एण्ड पब्लिकेशन प्रालि बुर्तिबाङद्वारा सञ्चालित रेडियो बुर्तिबाङले नेपाल पत्रकार महासंघ बागलुङको जिल्ला सदस्य पदमा सर्वसम्मत निर्वाचित रेडियोका स्टेशनम्यानेजर कृष्ण कँडेललाई एक कार्यक्रमका साथ बधाई ज्ञापन गरेको छ ।
रेडियोले यहि फागुन ३ गते सम्पन्न महासंघको छैठौँ जिल्ला अधिबेशनबाट खुल्लातर्फबाट सदस्यमा निर्वाचित कँडेललाई बधाई ज्ञापन गरेको हो ।

कार्यक्रममा बोल्दै रेडियो बुर्तिबाङका संरक्षक तथा समाजसेवी तुल्सीराम आर्यालले जस्तो सुकै चुनौति भएपनि सत्य र तथ्यमा आधारित निष्पक्ष पत्रकारीता गर्ने पत्रकार समाजका लागि आवश्यक रहेको उल्लेख गर्दै सञ्चार माध्यमलाई सवल बनाउन र सञ्चारकर्मी आफु दक्ष भएर पत्रकारीता क्षेत्रमा राम्रो नतिजा दिन सक्ने गरि व्यवसायिक बन्नुपर्नेमा उनले जोड दिए ।

अर्का संरक्षक टंकप्रसाद पौडेलले कुनै राजनितिक विचार र कसैको पक्षपोषण गर्ने पत्रकारिताले समग्र समाजको हित गर्न नसक्ने भन्दै सञ्चार माध्यम तथा सञ्चारकर्मीले सँधै तथ्यपरक विषयवस्तुको उठान गर्न सक्नुपर्ने बताए ।

कार्यक्रममा रेडियोका शुभचिन्तक तथा समाजिक व्यक्तित्वहरु ददिराम शर्मा, केसर छन्त्याल, नगेन्द्र खरेल, कुविर विश्वकर्मा, विष्णु विसी, चुडामणी भुषाल र रेडियोका सम्वादाता गणेशकुमार विश्वकर्माले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।

कार्यक्रममा स्टेशन म्यानेजर कृष्ण कँडेल आफु पत्रकार महासंघको जिल्ला सदस्यमा निर्वाचित भएपछि पत्रकारीता क्षेत्रमा थप जिम्मेवारी बढेको महसुस गरेको भन्दै राम्रो कामका लागि सँधै प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रम रेडियो बुर्तिबाङका प्रबन्ध निर्देशक ईश्वरीप्रसाद पौडेलको अध्यक्षता, रेडियो साथी विष्णु पौडेलको स्वागत र सम्बाददाता अनिलकुमार विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply