Sorry, that menu does not exist.
 

युवा बर्ष प्रा बि को ३३ औ बार्षिकोत्सब सम्पन्न / कम्प्युटर कक्षाको उद्घाटन !

पूर्णभद्र निउरे, ताराखोला २०७५ जेठ २। युवा बर्ष प्रा बि ताराको ३३ औ बार्षिकोत्सब तथा अभिभावक दिवस आज सम्पन्न भएको छ । बार्षिकोत्सबको मुल समारोह लाई सम्बोधन गर्दै ताराखोला गाउँपालिकाका शिक्षा शाखा संयोजक दिपक सुबेदीले बिद्यालयको शैक्षिक , भैतिक र आर्थिक समग्र पक्षको बिकासका लागि शिक्षक बिद्यार्थि र अभिभावक को त्रिकोणात्मक सम्बन्ध हुनु पर्नेमा जोड दिए । उनले भौतिक र आर्थिक पक्ष कमजोर हुदाहुदै पनि बिद्यालय को बिकास का लागि बिद्यालय प्रशासन र अभिभावक देखाएको सक्रियता प्रशम्सनिय रहेको बतए ।

सोही अबसर मा बिद्यालयमा संचालन हुन लागेको कम्प्युटर कक्षाको समेत उदघाटन गरियको थियो । विशेष गरि बिद्यालयका पुर्ब बिद्यार्थी , स्थानीय क्लब तथा महिला समूह र विद्यालयका शुभचिन्तकहरुको सहयोगमा बिद्यालयमा कम्प्युटर कक्षाको थालनी गरिएको बिद्यालयका प्रधानाध्यापक पूर्णभद्र निउरेले जानकारी गराए।

कार्यक्रममा नेपाल मा बि ताराखोला स्रोतकेन्द्र का स्रोत ब्यक्ती डिल्ली प्रसाद शर्मा , वडा न ४ का वडा अध्यक्ष जित बहादुर खत्री , ताराखोला गाउपालिका का प्रमुख राजनैतिक सल्लाहकार नरेश के सी , दुर्गा भवानी मा बि ताराका शिक्षक टिकाराम कडेल महिला संजाल वडा न ४ कि अध्यक्ष तुलमाया निउरे, सृजनशिल महिला समूह कि अध्यक्ष ज्ञानि थापा लगायत ले शुभकामना मन्तव्य राखेका थिए ।

२ दिन सम्म संचालित बार्षिकोत्सब को अबसर मा बिद्यालयका आन्तरिक कार्यक्रम संगै प्रा बि स्तरिय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो आज सम्पन्न ८ समुहको सहभागीता रहेको हाजिरी जवाफ प्रतियोगिता मा नेपाल मा बि तारा प्रथम , लाबाङ प्रा बि तारा दित्तिय र दुर्गा भवानी मा बि तारा ले तृतीय स्थान प्राप्त गरेका छन । कार्यक्रम बि ब्या स अध्यक्ष गोबिन्दलाल घर्ती को अध्यक्षता , शिक्षक अभिभावक संघ का अध्यक्ष तुलमाया घर्ती को स्वागत र शिक्षक मन बहादुर घर्ती को संचालन मा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply