नारायण रिजाल, बागलुङ २०७५ जेठ ५ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता प्रदिप पौडेलले नेपालका सवै कम्युनिष्ट एकै ठाउँमा भए पनि काँग्रेसलाई कुनै पनि प्रकारका धक्का नलाग्ने बताएका छन । नेपाल तरुणदल बागलुङको जिल्ला स्तरीय भेला एवं प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पौडेलले काँग्रेस मालिकहरुको ज्याजदि विरुद्ध लडने पार्टि भएका कारण देशका सवै कम्युनिष्ट एकै ठाउँमा भए पनि कुनै असर नपर्ने बताएका हुन ।
हामी लोकतान्त्रिक समाजबाद आत्मसाथ गछौं नेता पौडेलले भने, ‘वली र प्रचण्ड आफुहरु दुई तिहाई निर्माण गरेर जनवादीकरण गर्नका एकिकरण गरेको आरोप लगाए ।
पौडेलले केपी वलीले केही दिन पहिले दिएको दुई अध्यक्ष टेम्पो चलाउनका लागि नभएर जेट विमान चलाउनका लागी भन्ने अभिव्यक्तिलाई टिप्पणी गर्दै उनले भने, ‘हाम्रा प्रधानमन्त्रीलाई एउटा कुरा थाहा रैनछ विमानमा पाईलट र कोपाईलट हुन्छ भन्ने, उहाँलाई यो कुरा पनि प्रष्ट पार्नका लागि जरुर रहेको छ ।
पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले प्रधानमन्त्रीको राष्ट्रबाद छताछुल्ल भएको बताए । मोदी भ्रमणको क्रममा पाइला पाइलमा नेपाली राष्ट्रियता तथा स्वाभिमानमाथि धावा बोलिँदा समेत ओली सरकार निरीह भएको नेता पौडेलले दाबी गरे ।
प्रधानमन्त्री ओलीले मोदीको असोभनीय चाकरी गरेको उनको बुझाई छ । भारतीय सरकारको चाकरी दौडमा ओली एक नम्बरमा देखिनु भयो’, पौडेलले भने, ‘अहिलेसम्मको तिक्तता भुलेर भ्रमण सफल भयो भन्नु राष्ट्रप्रति ठुलो घात हो । वलीले नाकाबन्दीबारे मोदीलाई प्रश्न गर्न सक्नुपथ्यो ।’ उता मोदीले नाकाबन्दी भारतको गल्ती थियो भन्नु पर्ने उनको भनाई छ ।
मोदीको भ्रमणको क्रममा भारतीय सुरक्षाकर्मीलाई निम्त्याएर नेपाली सुरक्षाकर्मीको क्षमतामाथी प्रश्न चिन्ह उठाइएको उनले बताए । यो गतल भयो । नेपाली सुरक्षाकर्मीले शान्ति मिसनमा सफल काम गरेका छन, ’हाम्रो पाहुनाको सुरक्षा गर्न हामी सक्षम छौं भन्न नसक्नु सरकारको कमजोरी हो ।’
राष्ट्रवादको नक्कली जलप लिएर चुनावी मैदानमा ओर्लिएका ओलीले नाकाबन्दीका कारण प्रताडित लाखौं नेपालीको पक्षमा एक शब्द समेत खर्चन नसकी मोदी समक्ष निरीह देखिएकोमा अचम्म लागेको समेत पौडेलले बताए ।
मोदीको नागरिक अभिनन्दन नागरिक स्तरबाट एकै ठाउँमा हुनुपर्नेमा त्यसो नभएको भन्दै पौडेलले मोदीलाई गरिएको अभिनन्दन झुण्ड विशेषको मात्र भएको बताए ।
उनले काँग्रेस पार्टी भित्रको रोग पहिचाहन गरी सफल उपचार गरेर अगाडि बढन लागेको भन्दै अबको परिवेशमा पार्टी भित्र सोचाई बदल्न जरुर रहेको समेत बताए ।