शव्द/चित्र अर्जुन ढकाल,
बागलुङ २०७५ जेठ ६ । जिल्ला प्रशासन कार्यालय, बागलुङमा सेवाग्राहीको भीड दिनपरदिन बढी रहेको छ । यतिखेर भारतीय सेनाबाट अवकाश प्राप्त नेपालीहरु (भूपू भारतीय सैनिक पेन्सनर) का लागि पेन्सन वितरण कार्य सुरु भएको छ । बागलुङ नगररपालिका ३ मा रहेको भारतीय पेन्सन क्याम्पमा बागलुङ, म्याग्दी जिल्ला लगायतका भारतीय पेन्सनरहरुको चापले जिल्ला प्रशकासन कार्यालयमा कर्मचारीहरुलाई भ्याई नभ्याई छ ।
पेन्सनरहरुलाई विविध प्रयोजनका लागी जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिर्वार्य हुँदा यस समयमा सेवाग्राहीको चाप ह्वात्तै बढेको हो । जिल्ला प्रशासन कार्यालय परिसरमा सेवाग्राहीको चापले टेक्ने ठाउ छैन भन्दा फरक नपर्ला ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापा उमेरको हदले जानु भएपछि लामो समय सम्म नयाँ प्रमुख जिल्ला अधिकारी सरुवा भै नआउदा प्रजिअ स्वयँले सिफारिस वा दस्तखत गर्नु पर्ने कामहरु प्रभावित भैरहेको अवस्थामा शेष नारायण पौडेल प्रमुख जिल्ला अधिकारीमा सरुवा भै आउनु भएपनि सहसचिवमा बढुवा भएपछी काठमाडौ जानु भएकोले सिफारिस कार्य प्रभावित बनेको थियो ।
भारतीय पेन्सन क्याम्पले पेन्सनरहरुले ल्याउनु पर्ने सिफारिसमा प्रमुख जिल्ला अधिकारीकै दस्तखत चाहिने भनिरहँदा पेन्सनरहरुलाई निकै मर्का परेकोले सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको विशेष पहल र अनुरोध पछी पेन्सन क्याम्पका सेक्रेटरी र अफिसरहरुले सिफारिसमा प्रमुख जिल्ला अधिकारीकै दस्तखत चाहिने भन्ने ढीपीलाई छोडेपछी सेवाग्राही पेन्सनरहरुलाई राहत मिलेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी (हाल निमित्त प्रजिअ) पाण्डेयसंग संपर्क गर्दा, पेन्सन क्याम्पको सुरक्षा देखी सबै कुरामा सहायक प्रमुख जिल्ला अधिकारीको दस्तखतले हुने, अरुमा किन नहुने भन्ने प्रशंग चलाएपछी अन्तत: प्रमुख जिल्ला अधिकारी कै हस्ताक्षर चाहिने विषयमा लचकता अपनाएकाले अहिले दिनमा २ हजार देखी २५ सय ३ हजार सम्म सिफारिस गर्न परिरहेको बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धीरेन्द्रराज पन्तले सेवाग्राहीहरुलाई जतिसक्दो छिटो छरितो सेवा प्रवाह भैरहेको बताउनु भयो ।
स्मरणीयछ, भारतीय पेन्सन क्याप्पबाट कात्तिक/मंसिर र बैशाख/जेठमा वर्षको दुई पटक भारतीय सेनाका पूर्व नेपाली सेनाहरुलाई पेन्सन (निबृत्तिभरण) वितरण गर्दै आएको छ ।
* जिल्ला प्रशासन कार्यालय, बागलुङ ।