Sorry, that menu does not exist.
 

धनी हुने हो भने व्यवसाय तथा उद्यम स्थापनाको विकल्प छैन: उद्यमी श्रेष्ठ

सुमन जीसी, बागलुङ, २०७५ जेठ ७ । बागलुङमा जन्म भई काठ्माण्डौलाई आफ्नो कर्मथलो बनाएका सफल उद्यमी एवं समाजसेवी पुष्पमान श्रेष्ठले सफल बन्नका लागि दृढ संकल्प र ईच्छा शक्ति चाहिने बताएका छन् ।

चारतारे युवा क्लव सिवाईसी नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संयूक्त रुपमा सोमवार आयोजना गरेको वित्तीय साक्षरता तथा अन्तरकृया कार्यक्रममा बोल्दै प्रमुख अतीथि श्रेष्ठले उक्त कुरा बताएका हुन । कार्यक्रममा आफु सफल हुनुको रहस्य तथा आफ्ना अनुभवहरु उपस्थित सहभागिहरुलाई सुनाउदै श्रेष्ठले धनी हुने हो भने व्यवसाय तथा उद्यम स्थापनाको विकल्प नरहेको बताए । श्रेष्ठले सानो सानो रकमबाट पनि व्यवसाय सञ्चालन गर्न सकिने बताउदै व्यवसाय सञ्चालन गर्नु पुर्व त्यसको आवश्यकता र महत्व पहिचान गरेर मात्र व्यवसाय स्थापना गर्नुपर्ने बताए ।

कार्यक्रममा सिवाईसीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सिवाईसी समुह आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरता मार्फत धनी बनाउने अभियानमा लागेको बताए । पौडेलले नेपालीहरुमा बचत गर्ने वानी नहुँदा अझैपनी धैरै मानीसहरु गरिवीको रेखामुनी रहेकाले धनी हुने अभियानका लागि सम्पूर्णले आ–आफ्नो ठाउँबाट बचत गर्नका लागि अभिप्रेरीत गर्नुपर्ने बताएका थिए । कार्यक्रममा सिवाईसी साकोसका सल्लाहाकार सकुन्तला शर्मा लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रमका अवसरमा सफल उद्यमी दम्पती पुष्पमान श्रेष्ठ र लालु श्रेष्ठलाई सिवाईसी साकोसको शेयर सदस्ता प्रदान गरि सम्मान तथा संस्थामा स्वागत समेत गरिएको थियो ।

संस्थाका उद्यमी सदस्यहरु उपस्थित रहेको कार्यक्रमको अध्यक्षता सिवाईसीका अध्यक्ष पौडेलले गरेका थिए भने सञ्चालन प्रवन्धक नवराज शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply