माधब पराजुली, पोखरा २०७५ जेठ ८। प्रदेश नं. ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले नेपाललाई जैविक बिविधता संरक्षणमा विश्वकै एक सफल राष्ट्र बनाउन जैविक बिविधता संरक्षण गर्ने व्यक्तिहरुलाई सम्मान गर्ने घोषणा गरेका छन् । जैविक विविधता महासन्धिका २५ बर्षःपृथ्वीमा सुरक्षित जीवनको सुनिश्चितता भन्ने मुल नाराका साथ उधोग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको अन्तराष्ट्रिय जैविक विविधता दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले मे २२ तारिखमा मनाईने अन्तराष्ट्रिय जैविक विविधता दिवसको दिन मन्त्रालयले जैविक बिविधता संरक्षण गर्ने उत्कृष्ट व्यक्तिहरुलाई सम्मान गर्ने योजना अगाडी सारेका छन् । आथीिक समृद्धिको आधार जैविक विविधता भएकोले यसलाई लोप हुन नदिन यस्तो योजना ल्याएको उनको भनाई थियो ।
नेपाल जैविक विविधताको धनी देश भएको भन्दै यसलाई जोगाउन सकेमा नेपालले बिदेशी मुद्रा भरपुर मात्रामा आर्जन गर्न सक्ने उनले बताए । लम्सालले जैबिक विविधता बाटै नेपाली जनताले चाहेको समृद्धिको सपना लाई पुरा गर्न सकिने बताउनुभयो । नेपालमा आउने पर्यटकहरुले हेर्ने तथा घुम्ने स्थानहरुको मुख्य रोजाई पनि जैविक विविधता संरक्षित क्षेत्र रहेको बताउदै मन्त्री लम्सालले बढी जैविक बिविधता भएका फेवालात, बेगनासताल, पञ्चासे अन्नपूर्ण, ढोरपाटन र चितवन जस्ता क्षेत्रहरुलाई जोड्दै जैविक विविधता रुडको रुपमा विकास गर्ने समेत योजना सुनाए ।
सोही अवसरमा नेपाल सरकारका पुर्व सचिब डा.कृष्ण चन्द्र पौडेलले जैविक विविधता जोगाउन निकै चुनौती रहेको बताउनुभयो । जैविक विविधताहरु सुन भन्दा महँगो रहेको चर्चा गर्दै जैविक विविधताहरुको प्रयोग गर्न नसक्दा देशले लाभ लिन नसकेको स्पष्ट पारेका थिए । पि.एन.क्याम्पसका प्राध्यापक हेमन्त ढकालले जैविक विविधता संरक्षण गर्न चराहरुको समेत भुमिका हुने गरेको चर्चा गरेका थिए ।
उधोग,पर्यटन,वन तथा वातावरण मन्त्रालयका सचिब डा. बुद्धिसागर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उप सचिब दिवाकरण पौडेलले गरेका थिए ।