निर्मल पौडेल, पर्वत २०७५ जेठ ९ । मोदी गाउंपालिकाको आयोजना तथा रेडियो कुशुुमको समवन्यमा महिलाहरुका लागि पाँच दिने नेतृत्व विकास तथा वाककला तालिमको मंगलबार सम्पन्न भएको छ । यहि जेठ ४ गतेदेखि संचालन भएको उक्त तालिममा मोदी गाउंपालिकाका सम्पुर्ण वडा सदस्य,कार्यपालिका सदस्य,तथा आमा समुहका अध्यक्ष र सदस्य गरी २५ जना महिलाहरुको सहभागिता रहेको थियो ।
समापनको अवसरमा वोल्दै गाउंपालिका अध्यक्ष प्रेम पौडेलले तालिम तालिममा मात्रै सिमित नराखी व्यवहारमा पनि उतार्नु पर्नेमा जोड दिए । त्यस्तै पौडेलले महिला सदस्यहरु सामाजिक कार्यमा सक्रिय र सवल भए पश्चात मात्रै सिंगो देश नै विकसित हुने धारणा राखेका थिए ।
समापन कार्यक्रमको अवसरमा वोल्दै उपाध्यक्ष सेती महतले महिलाहरुले आफ्नो हक अधिकार मागेर होईन खोसेर ल्याउन सक्नुपर्नेमा जोड दिइन् ।
रेडियोले समन्वय गरेको तालिमले वोल्न नसक्नेहरुलाई वोल्न सक्ने गराएकोमा धन्यवाद दिँदै लालमती विकले भनिन् “म २ जना मान्छे भएको ठाउँमा वोल्न परे डर लाग्थ्यो वोली नै आउँदैनथ्यो अब त निर्धक्क भएर वोल्न सक्ने भएकी छु जस्तो सुकै कार्यक्रममा आफ्नो कुरा राख्न सक्ने भएकीछु ।”
त्यस्तै अन्य सहभागीहरुले पनि तालिमले निर्धक्क भएर वोल्न र आफ्नो कुराहरु जस्तोसुकै परिस्थितिमा पनि राख्न सक्ने भएको वताए । तालिमको सहजिकरण सामाजिक अभियन्ता गोविन्द पाहडी, राजेन्द्र पाहडी, पत्रकार तारानाथ आचर्य, कृष्ण अखेली र अर्जुन थापाले गरेका थिए ।
कार्यक्रमको संचालन रेडियो कुशुमका स्टेशन प्रमुख कृष्ण अखेलीले गरेका थिए ।