Sorry, that menu does not exist.
 

बुर्तिवाङ मालपोत कार्यालयबाट कम्प्यूटराईज लालपूर्जा वितरण सुरु !

दिनेश शर्मा, बुर्तिवाङ २०७५ जेठ १० । मालपोत कार्यलय बुर्तिबाङमा कम्प्युटराइज लालपूर्जा बितरण गर्न थालिएको छ । यस अघि हस्तलिखित लालपुर्जा दिने गरिएकोमा हस्तलिखित लालपुर्जा बिस्थापित गर्ने उद्देश्यले सो काम थालिएको हो।

ढोरपाटन नगरपालिका ३ की च्याखुरी कामीलाई बुधबार पहिलो पटक कम्प्युटराइज लालपुर्जा बितरण गरिएको कम्प्युटर अपरेटर रनेश्वर कर्णले बताए।

नेपाल सरकारले राज्य सङ्घिय संरचनामा गएसङ्गै आगामी तीन बर्ष सम्ममा मालपोत अन्तर्गतका सबै कामकाजहरु अनलाइन प्रबिधीबाट सन्चालन गर्ने नीति लिएको र त्यसैलाइ सफल पार्न जिल्ला भू सूचना प्रणाली ९ म्ीक्ष्क्० प्रबिधि बाट उक्त लालपुर्जा बितरण गरिएको शाखा प्रमुख नारायण घर्तीले ईबागलुङलाई बताए ।

उनले धवलागिरी अन्चल भित्र यस पटकको अर्धन्यायिक निकायहरुको बार्षिक निरिक्षणमा मालपोत कार्यलय बुर्तिबाङ उत्कृष्ट भएको जानकारी समेत दिए । राजस्व सङ्कलन कार्यचाप अभिलेख ब्यवस्थापन लगायतको क्षेत्रको मुल्यांकनमा उत्कृष्ट हुन सफल भएको बताए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply